पुरानो बुटवलाई चित्रबाट चिनाउन चित्र कोरिदै

बुटवल, जेठ ३० गते । पुरानो बुटवल नयां पुस्तालाई चित्रमार्फत चिनाउन चित्रकारहरुले चित्र बनाउन थालेका छन् । चित्रबाट पुरानो बुटवल कस्तो थियो भनेर चिनाउने गरी बुटवलमा शनिबारदेखि चित्रकारहरुले चित्र कोर्न थालेका छन् ।

बुटवल उपमहानगरपालिकाको आयोजना र नेपाल व्यवसायीक कलाकार संघ रुपन्देहीको सहकार्यमा चित्रकारहरुले सार्वजनिक स्थलका पर्खाल तथा भित्ताहरुमा चित्र बनाउन थालेका हुन् । बुटवलको अस्पतालाइन र बसपार्क अगाडि बुटवललाई झल्काउने गरी चित्रहरु बनाइने छ ।
बुटवल नगरलाई सौन्द्रयकरण गर्ने उद्देश्यले आयोजना गरिएको भित्तेलेखन कार्यक्रमको शनिबार बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले उद्घाटन गरेका हुन् ।

त्यस अवसरमा बोल्दै उपमहानगर प्रमुख खेलराज पाण्डेले पुरानो बुटवलको इतिहांस, कला, संस्कृति झल्कने गरी भित्ताहरुमा चित्र लेखन गर्ने कामले पुरानो बुटवललाई चिन्न र बुझ्न सहज हुने बताए । बुटवलमा भएको पुरनो कला, संस्कृतिको जगर्नेना गरेर बुटवललाई सौन्द्रयकरण गर्नका बुटवल उपमहानगरपालिका लागि परेको बताउंदै चित्रकार तथा कलाकारहरुले कलाको माध्यमबाट बुटवललाई चिनाउन खोजेकाले राम्रा कामका लागि सहयोग गर्ने बताए ।

तीन दिनसम्म भित्ते लेखन कार्यक्रममा बुटवलको जीतगढी किल्ला, कर्णेल उजिर सिंह, रामापिथेकश, पुरानो बटौली बजार, मणिमुकुन्द पार्क, सिद्दाबाबालगायत महत्वपूर्ण इतिहांस बोकेका स्थानहरुको वालहरुमा चित्र बनाइने छ ।

बुटवलका ऐतिहांसिक, कला संस्कृतिलाई झल्काएर आन्तरिक र बाह्य पर्यटकलाई आर्कषित गर्ने गरी चित्रहरु बनाइने नेपाल व्यवसायीक कलाकार संघ रुपन्देहीका अध्यक्ष दिलिप रसालीले बताए ।

नेपाल व्यवसायीक कलाकार संघ रुपन्देही दिलिप रसालीको अगुवाईमा २५ जना कलाकारहरुले चित्र बनाउने कार्यक्रम रहेको छ ।