पशुमा कृतिम गर्भाधानको कार्यक्रम लुम्बिनीमा प्रभावकारी


श्याम पोखरेल

बुटवल, असोज १५ गते । पशुमा कृतिम गर्भाधानका लागि लुम्बिनी प्रदेश सरकारले प्राथमिकतामा राखेको छ । गाई भैसीका लागि कृतिम गर्भाधान कार्यक्रम गोठगोठमा केन्द्रित गरिएको छ । पशु चिकित्सकहरुका अनुसार लुम्बिनीमा कृतिम गर्भाधान गराउने गाई भैसीको संख्या बढेको छ ।
प्रदेश सरकारले कृतिम गर्भाधारणको कार्यक्रमलाई नीति तथा कार्यक्रममा राखेपछि यो कार्यक्रम प्रभावकारी भएको पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलका निर्देशक डा. प्रवेशसिंह कुवंरले बताए । निर्देशक डा. कुवंरका अनुसार गत आर्थिक वर्ष २०८०।०८१ मा लुम्बिनीमा ८४ हजार ५ सय ९७ गाई, भैसीमा कृतिम गर्भाधान गरिएको छ । 

आचलु आर्थिक वर्षमा १ लाख गाई भैसीमा कृति गर्भधान गर्ने गरी लुम्बिनी प्रदेश सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।
प्रदेश सरकारको लक्ष्य भन्दा बढी गाई, भैसीमा कृतिम गर्भाधान गर्न सकिने पुश चिकित्सिकहरुले बताएका छन् ।
नसल सुधार र पशुमा गरिने कृतिम गर्र्भाधानले किसानहरु उत्साहित भएको वरिष्ठ पशु चिकित्सक खगेन्द्र खगेन्द्र सापकोटाले बताए । सरकारको लक्ष्य भन्दा बढी संख्यामा पशुहरुमा कृतिम गर्भाधारण गर्न सकिने उनले बताए ।
उनले पशुलाई कृतिम गर्भाधान गराउंदा पशुको अवस्थाबारे राम्रोसंग बुझ्न प्राविधिकहरुलाई आग्रह गर्दै पशुको अवस्था सोशी पशुको पालन गरेको मालिक तथा किसानालाई बढी थाहा हुने भएकाले किसानसंग पशुकोबारेमा बुझेर मात्र कृतिक गर्भाधान गर्न सुझाव दिए ।
पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालयले बुटवलमा कृतिम गर्भाधारणकर्ताहरुलाई प्रशिक्षण दिएको छ । कृतिम भर्गाधान कार्यक्रमलाई किसानहरुको माग अनुसार गोठगोठमा पुगेर सेवा दिनुपर्ने र त्यसका लागि प्राविधिकलाई थप जानकार गराउन प्रशिक्षण तथा तालिमको आयोजना गरिएको निर्देशनालयका बरिष्ठ पशु चिकित्सक तथा सूचना अधिकारी लोकराज भुसालले जानकारी गराए ।
उक्त कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयका महानिर्देशक यामनारायण देवकोटाले पशुपालनको अवस्था खस्केकाले उत्पादन बढाउने गरी काम गर्नुपर्ने बताए । उत्पादनवृद्वि गर्नुपर्ने र त्यसका लागि नसल सुधार र कृतिम गर्भाधान कार्यक्रम प्रभावकारी कार्यक्रम रहेको बताए । 
निर्देशनालयका निर्देशक डा. प्रवेशसिंह कुवंर, डा. प्रवेज आलम र डा. खगेन्द्र सापकोटाले कृतिम गर्भाधारणबारे प्रशिक्षण तथा तालिम दिएका थिए ।
लुम्बिनीमा पछिल्लो वर्ष दुध उत्पादनमा सामान्य कमी आएपनि माछामासु र अण्डा उत्पादन बढेको पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलले बताएको छ ।
डा.प्रवेशसिंह कुवंरको अध्यक्षता र पशु सेवा अधिकृत ऐश्वर्य आचार्यको सञ्चालनमा सम्पन्न तालिम तथा प्रशिक्षणमा कार्यक्रममा अर्घाखांची, दांग, प्यूठान, रोल्पा र रुकुममा कार्यरत प्राविधिकहरुको सहभागिता रहेको थियो ।






















