कपिलवस्तुमा डायलाइसिस सेन्टर सञ्चालन

   बुटवल, असोज १७ गते । कपिलवस्तुको जितपुरमा सामुदायिक डायलाइसिस सेन्टर संचालन गरिएको छ । गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले रोटरी क्लव अफ सेन्ट्रल बुटवल र रोटरी क्लव अफ सेन्ट्रल कपिलवस्तुको सहयोगमा कपिलवस्तुमा सामुदायिक डायलाइसिस सेन्टर सञ्चालन गरेको हो ।

डायलाईसिस सेन्टरको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बिहिवार उद्घाटन गरेका हुन् । उक्त डायलासिस सेन्टर उद्घाटन कार्यक्रममा मुख्यमन्त्री आचार्यले स्वास्थ्य सेवामा सुधार गर्न प्रदेश सरकारले सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थाहरुसंग सहकार्य गरेर काम गर्ने प्रतिवद्वता जनाएका छन् ।

नितिगत सुधार गरेर वा कार्यविधि निर्माण गरेर भएपनि नागरिकलाई सेवा दिन सामुदायिक अस्पतालहरुसंग सहकार्य गर्ने बताए । निरोगी बन्न जीवनशैलीमा परिवर्तन ल्याउन जरुरी रहेको भन्दै स्वास्थ्य संस्थाहरुले पनि जनचेतना अभिवृद्धि गर्नुपर्ने बताउंदै मुख्यमन्त्री आचार्यले भने – उपचारात्मक सेवालाई प्रभावकारी बनाउनु पर्छ ।

स्वास्थ्य मन्त्री खेमबहादुर सारु मगरले लुम्बिनी प्रदेशलाई स्वास्थ्य क्षेत्रमा नमुना बनाउने गरी सरकार लागि परेको बताउंदै गुणस्तरीय स्वास्थ्य सेवाका लागि सामुदायिक अस्पतालहरुसंग सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले ५ करोडको लागतमा डायलाइसिस सेन्टर संचालनमा आएको जानकारी गराउंदै यसलाई सेवामुखि ढंगले सञ्चालनका लागि सबैको साथ सहयोग आवश्यक पर्ने बताए ।

प्रदेश सांसद विष्णु पन्थीले सामुदायिक स्वास्थ्य संस्थाहरुले नागरिकको स्वास्थ्य उपचारमा अतुलनिय योग्दान पु¥याएको चर्चा गर्दै यस संस्थालाई सरकार गर्न सरकारलाई आग्रह गरे ।

कार्यक्रममा प्रदेशसभा सदस्य गिरधारीलाल न्यौपाने, रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का इमिडेट पास्ट डिष्ट्रिक गभर्रन राजेन्द्रप्रसाद ध्वजु, वाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्याल, बुद्धभूमी नगरपालिकाका प्रमुख केशव श्रेष्ठ, कपिलवस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, रोटरी क्लव अफ सेन्ट्रल बुटवलका अध्यक्ष दिनेशराज रेग्मी, रोटरी क्लव अफ सेन्ट्रल कपिलवस्तुका अध्यक्ष ज्ञानहरी न्यौपाने, कपिलवस्तु जेसीजका अध्यक्ष प्रविण पौडेल, मृगौला रोग बिशेषज्ञ डा.रजत कायस्थ लगायतले बोल्दै डायलासि सेन्टरलेबाट राहतलिन आग्रह गरे ।

अस्पतालका निर्देशक बरिष्ठ मुटुरोग बिशेषज्ञ डा.समिर गौतमको स्वागत तथा सहसचिव बावुराम बोहराको संचालनमा कार्यक्रम भएको थियो । कपिलवस्तुमा जिल्लामा डायलाईसिस सेन्टर नहुंदा बुटवल जानुपर्ने बाध्यतामा रहेका मृगौलाका विरामीहरुलाई सेन्टर स्थापना पछि सहज हुने छ ।