महिला टी–२० विश्वकपमा इङ्गल्याण्ड सेमिफाइनलको बलियो दावेदार


काठमाडौँ । यूएईमा जारी आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा इङ्गल्याण्डले लगातार दोस्रो जित हासिल गर्दै सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ । इङ्गल्याण्डले दक्षिण अफ्रिकालाई पराजित गरेको हो ।

सोमबार राति सम्पन्न खेलमा इङ्गल्याण्डले दक्षिण अफ्रिकालाई ७ विकेटले पराजित गरेको हो । दक्षिण अफ्रिकाले दिएको १२५ रनको लक्ष्य इङ्गल्याण्डले १९।२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको थियो ।
यसअघि दक्षिण अफ्रिकाले पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १२४ रन बनाएको थियो । यो सँगै इङ्गल्याण्डले लागातार दोस्रो जित हासिल गरेको छ र समूह बी मा २ खेलमा ४ अंकसहित शीर्ष स्थानमा रहेको छ । त्यस्तै पहिलो खेलमा जित हासिल गरेको दक्षिण अफ्रिकाले दोस्रो खेलमा हार बेहोरेको छ ।























