घोराहीमा फुसको छाना विस्थापित कार्यक्रममा अनियमितता


महेश रिजाल

दाङ, असोज २२ गते । नेपाल सरकारले फुसको छाना विस्थापित गर्ने सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत घोराही उपमहानगरपालिका वडा नं १९ मा अनियमितता तथा भ्रष्टाचार भएको राष्ट्रिय जनमोर्चाले बताएको छ ।
सुरक्षित नागरिक आवास कार्यक्रममा भएको अनिममितता भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको राष्ट्रिय जनमोर्चा घोराही १९ को वडा समितिले बताएको छ ।

राष्ट्रिय जनमोर्चा घोरोही वडा नम्बर १९ का अध्यक्ष मंगलबहादुर घर्ती मगर र सचिव फनबहादुर घर्ती मगरले मंगलबार विज्ञप्ती जारी गरी अनियमितता तथा भ्रष्टाचार भएको भन्दै बिरोध गरेका छन् ।
विज्ञप्तीको पूर्णपाठ –
राष्ट्रिय जनमोर्चा
वडा समिति घोराही
विषय – प्रेस बिज्ञप्ती
नेपाल सरकारले फुसको छाना विस्थापित गर्ने सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत घोराही उपमहानगरपालिका वडा नं १९ मा भएको अनियमितता (भ्रष्टाचार )ले हाम्रो पार्टी राष्ट्रिय जनमोर्चा घोराही १९ को गम्भीर ध्यानाकर्षण भएको छ।
घोराही १९ मा फुसको छाना विस्थापित गर्नको लागि गर्ने सिफारिसमा राजनीतिक आस्थाका आधारमा स्थानीय जनप्रतिनिधिले कोही १–२ वर्ष अगाडि जस्तापाता ( टिन ) लगाइसकेकाको नाम सिफारिस गरेको ,कोही जनप्रतिनिधिले उदारोमा लिएर जस्तापाता लगाउनुस् सिफारिस भएको छ पछि भुक्तानी आएपछि तिर्नुहोला भनेकोलाई नै कटौती गरेको र कोही जस्तापाता नै नलगाएकालाई समेत कटौती गरेको कुराले उक्त योजनामा ठुलो मात्रामा अनियमितता (भ्रष्टाचार )भएको अनुमान गर्न सकिन्छ । यस प्रकारको अनियमितता हुदा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कहाँ बसेको छ ? कतै मेलमिलाप त छैन ? यस प्रकारको अनियमितरुपमा भएको काम तत्काल रोक्न र राष्ट्रलाई लुट्ने भ्रष्ट प्रवृत्तिको अन्त्य गर्न सरकारसित जोडदार माग गर्दछौं । यो गम्भीर विषयमा गम्भीर ध्यानाकर्षण भई तत्काल नरोकेमा हाम्रो पार्टी राष्ट्रिय जनमोर्चा वडा कार्यालय र नगरपालिकाको समेत तालाबन्दी सहित भ्रष्टाचार विरुद्धको कडा आन्दोलन गर्न
बाध्य हुनेछौं ।
अध्यक्ष
मंगलबहादुर घर्ती मगर
सचिव
फनबहादुर घर्ती मगर
राष्ट्रिय जनमोर्चा घोराही १९ दाङ























