चाडबाडको मुखाम देश छाड्दाको पीडा


काठमाडौँ । शनिबार बडादशैँको मुख्य दिन विजयादशमी । तर त्यसको ठीक चार दिन अगाडि घर परिवार छाडेर विदेशिनुपर्दाको पीडा कस्तो होला ?

प्रायः दशैँमा परिवार, आफन्त सँगसँगै भई दशैँ मनाउने चलन रहेता पनि वैदेशिक रोजगार, पढाई जस्ता विभिन्न कारणले नेपाली युवा विदेशिन बाध्य भएका छन् ।
सँगै चाडपर्व मनाउने रहर हुँदाहुँदै पनि विदेशिन बाध्य छन् नेपालीहरु । यही सन्दर्भमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही भावविभोर दृश्यहरु देखिएको छ । विदेशिने र आफन्त बीचको वियोगले यतिबेला विमानस्थलमा सन्नाटा छाएको छ । विछोडिनु पर्दाका पीडा आँखामा छरपष्ट देखिन्छ ।























