बधशाला फुलफेजमा सञ्चालन हुन्छ, बुटवल उपमहानगरपालिका


बुटवल, कार्तिक ६ गते । बधशाला बनाउन शुरु भएदेखि नै बिवादमा मुछिदै आएको छ बुटवलको बधशाला । सञ्चालनको हुदै गरेको बधशाला बन्द गरेर अर्को बधशाला सञ्चालनका लागि अनुमति नदिने बुटवल उपमहानगरपालिकाले बताएको छ । अहिले प्रक्रियामा रहेको बधशाला फुलफेजमा सञ्चालन गर्ने र बधशाला सञ्चालनको निर्णयलाई कार्यान्वयन गरिने उपमहानगरपालिकाले मंगलबार पत्रकार सम्मेलन गरी बताएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै बधबाला सञ्चालन गर्ने निर्णयबाट पछि हट्न कानुनी प्रकियाले नदिने बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले बताए । कानुनी राज्यमा कानुनको सर्वोच्चतालाई पालना गर्नुपर्ने बताउंदै यही बधशाला सञ्चालन गरिने र अर्को बधशाला सञ्चालनको अहिले कुनै सम्भावना नभएको बताए ।
थ्री पीपी र फोर पीपीमा जान नसिकएको बताउंदै संघीय सरकार र प्रदेश सरकारको निर्देशनलाई पालना गरी अहिलेकै बधशालम फुलफेज सञ्चालन गरिने बताउंदै मासु व्यवसायी र किसानका मागहरु सम्बोधन गर्ने प्रतिवद्दता जनाए ।
मासु व्यवसायीले केही माग नगरेको उल्लेख गर्दै तीन दिन भित्र समस्या तथा माग केके हुन् खिलित रुपमा दिन आग्रह गर्दै मासि व्यवसायी संघलाई लिखित रुपमा पत्राचार गरिएको प्रमुख प्रशासकीय अधिकृत खनालले जानकारी गराए ।
प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालका अनुसार कानुनको अधिनमा रहेर पशुबधशाला सञ्चालनका लागि मुक्तिनाथ लाईभस्टक बैंक लिमिटेडलाई जिम्मा दिएको हो र उक्त निर्णबाट पछि हट्ने कुरै छैन । सबै मासु व्यवसायीले यही बत्रशालालामा जानुपर्छ अर्को विकल्प छैन उनले भने ।

चाडबाडको मुखमा बुटवल उपमहानगरपालिकाले अनुगमनका नाममा बधशालामा बध गरेको मासु बेच्न बाध्य पारेको भन्दै बुटवलका मासु व्यवसायीले पसल बन्द गरेर आन्दोलनमा उत्रिएका थिए । व्यवसायीहरुले बुटवल उपमहानगरपालिकाले एउटा निजी कम्पनीको फाइदाका लागि अनुगमन गरेर व्यवसायीमाथि ज्यादती गरेको आरोप लगाउने गरेका छन् ।
बुटवल उपमहानगरपालिका १०, रामनगरमा निर्माण गरिएको पशु बधशाला संचालनको जिम्मा मुक्तिनाथ लाईभस्टक बैंक लिमिटेडलाई ५ बर्षका लागि दिएपछि गतवर्ष नै मासु व्यवसायी र उपमहानगरपालिकाबीच विवाद शुरु भएको हो । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हेफर इन्टरनेसनलको प्राविधिक सहयोगमा लुम्विनी प्रदेश सरकारको १३ करोड ३२ लाख र बुटवल उपमहानगरपालिकाको १० करोड ६४ लाख गरी करिव २४ करोडको लागतमा पशुबधशाला निर्माण गरिएको छ ।हेफरले किसान र उपमहानगरपालिकाका प्राविधिकहरुको अवलोकन भ्रमण र तालिममा गरी ४ करोड भन्दा बढि लगानी गरेको दावी गरेको छ ।
फोर पी ढांचामै संचालन गर्ने गरी २०७९ साल माघमा टेन्डर आह्वान गरिएको थियो । थियो । भाडावापत बुटवल उपमहानगरपालिकाले वार्षिक ४७ लाख ३० हजार रुपैयाँ पाउने गरी बुटवल मासु उत्पादक तथा प्रशोधन प्रालिसंग सम्झौता भयो । उक्त सम्झौता २०७९ फागुन २ गते उपमहानगर कार्यपालिकाको बैठकले अनुमोदन गरेको थियो । त्यो सम्झौता कार्यान्वयन हुंदा पशुबधशाला ३० बर्षसम्म बुटवल मासु उत्पादन तथा प्रसोधन प्रालिले एकलौटी रुपमा चलाउथ्यो । तर उपमहानगरपालिकाले २०८० जेठ ३ गते सम्झौता रद्द गरी फेरि टेन्डर आह्वान ग¥यो। त्यसपछि ब्यवसायी र बुटवल उपमहानगरपालिकाबीच बिवाद सूरु भएको हो ।
उपमहानगरपालिकाले बधशाला संचालनका लागि तिनपटकसम्म टेण्डर आब्हान गर्दा मुक्तिनाथ लाइभस्टक बैंक सहभागी भएपछि उसैले बधशाला सञ्चालनको जिम्मा पाएको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।
मासु व्यवसायीहरु रामनगरमा निर्माण गरिएको पशु बधशालामा जान तयार भएपनि मासु व्यवसायी संघले संस्थागत रुपमा व्यवसायीलाई भड्काउन खोजेको बुटवल उपमहानगरपालिकाले बताएको छ ।
अहिले केही मासु व्यवसायी बधशालामा गएको मंगलबार आयोजित पत्रकार सम्मेमलनमा बुटवल उपमहानगरपालिका प्रशासन महाशाखा प्रमुख तुल्सा न्यौपाने, योजना महाशाखा प्रमुख सुमन श्रेष्ठ, अनुगमन महाशाखा प्रमुख ठगिश्वर पोखरेल, लेखा प्रमुख लेखनाथ पोखरेल, पशुपन्क्षी महाशाखा प्रमुख झविन्द्र बञ्जाडे, राजश्व शाखाका रोशनकुमार रेग्मीले बताएका छन् ।
मासु ब्यवसायी संघले भने उपमहानगरपालिकाले किसान र व्यवसायीहरुलाई आश्वासन दिएर स्थापना गर्न लगाएको कम्पनीसँग गरेको सम्झौता रद्ध गरेर निजी कम्पनीलाई दिएको भन्दै बिरोध जनाउंदै आएको छ ।
यो विषयमा मासु व्यवसायी संघको निर्णय के छ बुझन्का लागि मासु व्यवसायी संघका अध्यक्ष विशाल थापालाई ९८५७०७५७६५ मा पटक पटक सम्पर्क गर्दा पनि मोवाइन उठेन ।



















