भैरहवामा रविको दोस्रो दिनको बयान

प्रकाश न्यौपाने

भैरहवा, कार्तिक २८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको दोस्रो दिनको बयान सुरु भएको छ । आज बुधबार बिहान सवा १० बजेबाट लाछिानेको भैरहवास्थित जिल्ला सरकारी वकिल कार्यालयमा बयान सुरु भएको हो ।

लामिछानेलाई प्रहरीको घेराबाट सरकारी वकिल कार्यालय प्रवेश गराइएको थियो । मंगलबार बयानपछि कार्यालयबाट बाहिरिनेक्रममा ‘खोरमा बाघलाई थुन्दैमा स्याल हुँदैन’ भन्ने प्रक्रिया दिएका थिए । यसपछि प्रहरीले आज उनदाई घेरा हालेर सरकारी वकिल कार्यालय प्रवेश गराएको हो ।

मंगलबार कास्कीबाट रुपन्देही ल्याइएका लामिछानेसँग बयान नसकिएपछि बुधबार बिहान १०ः १० बजे सरकारी वकिलकको कार्यालय रुपन्देही लगिएको हो । जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल, इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डित, प्रहरीका अनुसन्धान अधिकारीहरु लगायतको उपस्थितिमा सवा १० बाट बयान सुरु भएको छ ।

मंगलबार प्रारम्भिकरूपमा बयान लिइएको र बुधबार (आज) विभिन्न सवालहरुमा बयान लिइनेछ । लामिछानेले सञ्चारर्की देख्नासाथ बोल्नसक्ने भएकाले बुधबार दोस्रो दिनको बयानका लागि लैजानेक्रममा प्रहरीले घेरा हालेर प्रवशे गराएको हो । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको अभियोगमा बयान लिइएको हो ।

इलाका प्रहरी कार्यालयमार्फत् अभियोजन गरिएको मुद्दाका सन्दर्भमा सरकारी वकिल कार्यालयमा लामिछानेले इन्कारी बयान दिएका छन् । लामिछानेले आफू सदस्यनै नरहेको सहकारीबाट आफ्नो नाममा ऋण प्रवाह भएको बताउँदै यसबारेमा कुनै जानकारी नरहेको बताएको प्रहरी स्रोतले बताएको छ ।

मंगलबार लामिछानेलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासत कक्षमा राखिएको रुपन्देहीका प्रहरी प्रमुख रञ्जितसिंह राठौरले जानकारी दिए । उनको बुधबार सरकारी वकिल कार्यालय समयमा बयान लिइएपछि आजै फर्काउने वा राख्ने टुंगो लाग्ने बताए । लामिछानेलाई बयानका लागि रुपन्देही ल्याएसँगै रास्वपाका कार्यकर्तादेखि प्रर्दशन गरेका छन् । बुधबार पनि साढे ११ बजे लुम्बिनीगेटमा प्रदर्शन गर्ने रास्वपाले जनाएको छ ।

सुप्रिमबाट लामिछानेले दुई करोड र जीबी राई सम्बद्धहरुको नामबाट १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत् गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।