कार्यकता बिरोध प्रदर्शनमा, रवि बयानमा


बुटवल । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने प्रकाउ परेको विरोधमा आज पनि रुपन्देहीका रास्वपा मोटरसाइकल र्याली निकालेर प्रर्दशन गरेको छ ।

बुटवलको सुपिम सहकारी बचत ठगी गरेको आरोपमा रविलाई मंगलवार कास्कीबाट रुपन्देही ल्याएदेखि दैनिक रुपन्देहीमा प्रर्दशन हुँदै आएको छ।
रास्वपा कार्यकर्ताले बुटवलमा शान्तिपूर्ण मोटरसाइकल र्याली निकालेका छन्। साढे १ बजे निकालिएको र्याली भैरहवा पुगेर प्रदर्शन गर्ने रास्वपा लुम्बिनी प्रदेश उपसभापति शालिकराम घिमिरेले बताए । उनले भने– हामीले हाम्रो सभापति ज्युलाई नछोडेसम्म शान्तिपूर्ण र्याली निकाल्छौं । उता बयानका लागि पोखराबाट मंगलबार भैरहवा ल्याइएका रवि लामिछानेको विहिबार पनि बयान जारी छ ।























