रास्वपाले दोस्रो चरणको आन्दोलन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलन गर्ने भएको छ । रास्वपाका प्रवक्ता मनिष झाले आगामी मंसिर ८ गतेदेखि पार्टीलेले सभापति रवि लामिछानेलाई पक्राउविरुद्ध दोस्रो चरणको आन्दोलन गर्ने बताएका छन् ।

उनले आइतबार दिउँसो पार्टी कार्यालय चमतीमा भएको पत्रकार सम्मेलनमा बोल्दै मंसिर १६ गते हुने उपनिर्वाचनका उम्मेदवारीबारे साँझ ५ बजे सूची सार्वजनिक गर्ने बताए ।

उपनिर्वाचनसम्बन्धी सूची ५ बजे सार्वजनिक गर्छौँ । आगामी ८ गतेदेखि रास्वपाको दोस्रो चरणको आन्दोलन शुरु हुन्छ, उनले भने, ‘हामी अझै व्यापक आन्दोलन अगाडि बढाउँछौँ । उनले रास्वपाका सांसदहरूविरुद्ध दायर मुद्दाबारे पनि आफूहरूलाई जनकारी रहेकाले न्याय प्रणालीमाथि पुरै विश्वास गर्ने बताए ।

रास्वपा सभापति लामिछानेलाई गत कात्तिक २ गते पक्राउ गरिएको थियो । उनलाई सहकारी संस्थाको बचत हिनामिना, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसहितका मुद्दामा कास्की प्रहरीको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।