प्रधानमन्त्री ओलीविरुद्द बोलेका दुर्गा प्रसाईं पक्राउ


बुटवल, मंसि ४ गते । आफुलाई सामाजिक अभियान्ता बताउने मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रसाईंलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले पक्राउ गरेको हो ।

प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्द बोल्दै आएका थिए । कम्बोडियामा २१ करोड अमेरिकी डलर लगानी गरेको भन्दै काजगपत्रसहितको भिडियो सार्वजनिक गरेका थिए दुर्गा प्रसाईले । सोही विषयमा अनुसन्धान गर्न प्रहरीले उनलाई पक्राउ गरेको बताईएको छ ।
प्रधानमन्त्रीविरुद्ध नक्कली कागजातको आधारमा भ्रम सिर्जना गर्नु राष्ट्र र जनता विरुद्धको षडयन्त्र भएको एमाले महासचिव शंकर पोखरेलले बताएका छन् । सामाजिक सञ्जालबाट प्रधानमन्त्रीविरुद्ध फेक समाचार प्रकाशित गरिएको दाबी गर्दै एमालेका नेताहरुले प्रसाईंलाई पक्राउ गर्न माग गरेका थिए ।
























