सहकारी पीडितद्धारा माइतीघरमा प्रदर्शन, प्रहरी बल प्रयोगमा केही घाइते


काठमाडौँ । सहकारी पीडितहरुको प्रदर्शनका क्रममा माइतीघरमा झडप भएको छ । पीडितहरु बानेश्वरतर्फ जान लाग्दा प्रहरीले रोकेपछि झडप भएको हो । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । सो क्रममा प्रहरीको बल प्रयोगमा केही घाइते भएका छन् । एक जनाको टाउको फुटेको छ ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान ९महासंघ० ले आज काठमाडौँमा विरोध प्रदर्शन कार्यक्रम आयोजना गरेको हो। उपत्यकाका विभिन्न स्थानहरू सोह्रखुट्टे, चाबहिल, गठ्ठाघर, पुल्चोकबाट र्यालीसहित माइतीघरमा पीडितहरुले प्रदर्शनी गरेका हुन् ।
सो क्रममा उनीहरुले बचत फिर्ता गर्न माग गर्दै नाराबाजी गरे । उनीहरुले ब्यानरमा ‘देशभरीका सहकारीपीडित एक हौँ’, ‘निर्दयी नेता र सरकार मिलेमतो र रमिता’, दुःखको कमाई, भयो संचालकलको रजाईं, गुहार गुहार’जस्ता नारासहितका प्ले–कार्ड र व्यानर लिएर प्रदर्शन गरे ।

उनीहरुले सो क्रममा गुहार गुहारको नारासमेत लगाए । देशैभर सरकारी ठगहरुको बिगबिगी भइरहँदा पीडितहरुले रकम फिर्ताको माग गरेका हुन् । सरकारले ठोस कदम नचालिदिँदा लाखौँ पीडित भएका छन् ।






















