नेप्सेमा पहिरो

काठमाडौँ । कारोबार साताको अन्तिम दिन नेप्से परिचूचकमा पहिरो गएको छ । बिहीबार नेप्से ३१ अंकले घटेको छ । नेप्से ३.३१ अंकले घटेर २६८.४४ विन्दुमा बन्द भएको छ ।

कुल ३१४ कम्पनीका एक करोड ८४ लाख ७४ हजार २४ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब २५ करोड ७६ लाख बराबरको कारोबार भएको थियो ।

सामुदायिक लघुवित्त र थ्री स्टार हाइड्रो को शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी जानकी फाइनान्सको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

त्यस्तै सबैभन्दा बढी नेपाल फाइनान्सको २५ करोड २४ लाख १० हजार बराबरको कारोबार भएको छ । सिटिजन म्युचुअल फन्ड १ को सबैभन्दा बढी ११ लाख ९८ हजार ३२१ कित्ता शेयर कारोबार भएको छ ।