दाङमा चक्कु प्रहार

दाङ । दाङको घोराहीमा एक दम्पती माथी चक्कु प्रहार भएको छ । बिहीबार बिहान करिब साढे ९ बजेको समयमा दम्पती माथी चक्कु प्रहार भएको प्रहरीले जनाएको छ ।

घोराही उपमहानगरपालिका वडा न. १५ का धर्मबहादुर बस्नेत र उनकी श्रीमती माधवा बस्नेतमाथी चक्कु प्रहार भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख अर्जुन तिमिल्सेनाले जनाएका छन् ।

चक्कु प्रहार कसले र किन गर्यो भन्ने विषयमा अनुसन्धान भई रहेको प्रहरी प्रमुख तिमिल्सेनाले बताए । घाइते दम्पतिले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारपछि घर फर्किसकेको घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।