एकैदिन तोलामा १५ हजार ९ सयले घट्यो


काठमाडौं १० मंसिर । सरकारले भन्सार दर घटाएपछि सुनको भाउ एकै दिन तोलामा १५ हजार ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ थियो । सरकारले १० प्रतिशत भन्सार दर कायम गरेपछि सोमबारदेखि मूल्य समायोजन गरिएको महासंघका अध्यक्ष अर्जुन रसायलीले बताए ।
सरकारले १० प्रतिशत भन्सार दर कायम गरेपछि सो अनुसार सोमबारदेखि मूल्य समायोजन गरिएको महासंघका अध्यक्ष रसायलीको भनाई छ । सरकारले सुनको भन्सार दरलाई २० बाट १० प्रतिशतमा झारेपछि सो दरको प्रभाव सोमबार नै परेको हो।

भारतबाट सुन तस्करी भएर नेपालमा नआओस् भन्ने उद्देश्यले दर घटाउने निर्णय भएको गरिएको भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले बताए । सरकारले बजेटमार्फत १५ प्रतिशत रहेका भन्सार दर २० पुर्याएको थियो।
उता, भारतमा भने पूर्ण बजेट आउँदा भन्सार दर घटेको थियो। त्यसले नेपालमा सुन महँगो र भारतमा सस्तो हुन पुगेको थियो । यसले बजारमा तस्करीको सुन आएको आशंका गरिएको छ । औपचारिक प्रणालीबाट आउने सुनको परिमाणमा भारी गिरावट देखिएको छ ।






















