लायन्स मणिमुकुन्द युथको निःशुल्क मेगा स्वास्थ्य शिविर, सात सयमाथिले लिए सेवा


बुटवल । लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथले मेगा स्वास्थ्य शिविर सम्पन्न गरेको । शुक्रवार बुटवल उपमहानगरपालिका वडा न १५ मा रहेको श्री नवरत्न उच्च माविको प्राजंगनमा निःशुल्क स्वास्थ्य अन्र्तगत आँखा, मुटुरोग र पछिल्लोसमय प्रविधिको प्रयोग बालबालिकामा देखा पर्ने गर्ने गरेको अटिजम सम्बन्धि समस्याबाट कसरी जोगाउन सकिन्छ भन्ने जस्ता जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

बढ्दो प्रदूषण, विषादीयूक्त खाद्यान्नले स्वास्थ्यमा पारेको प्रतिकूल असरले विभिन्न प्रकारका रोगहरु देखा परेको र आँखा, मुटुरोग मधुमेह जस्ता समस्या विकराल बन्दै गएको ले स्वास्थ्य जाँचबाट टाढा रहेका नागरिकहरुलाई स्वास्थ्य शिविरले सहज होस् भन्ने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर राखिएको क्लबका अध्यक्ष लायन बिमल न्यौपाने ताए ।
३२५ पि नेपालका गभर्नर एमजेएफ लायन पुरुषोत्तम भक्त प्राधानाङ्गको प्रमुख आतिथ्यता र बालाराम भट्टराईको विशिष्ट आतिथ्यतामा डिष्ट्रिकका अन्या पदाधिकारीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको स्वास्थ्य शिविर कार्यक्रमका संयोजक तथा क्लबका डाइरेक्टर लायन लेखनाथ बस्यालले जानकारी दिए ।

क्लबका अध्यक्ष लायन बिमल न्यौपानेको स्वागत मन्तव्य शुरु भएको शिविरमा कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यार्थीहरुको रगतको ग्रुप पहिचान गरिएको थियो भने कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरुको आँखा जाँच र अटिजम सम्बन्धि रोगको प्रशिक्षण एवं सचेतना प्रशिक्षण डाक्टर शान्ता शर्माले गरेकी थिइन् । मुटुरोग सम्बन्धि प्रशिक्षण डा. महेशराज घिमिरेले दिएका थिए ।
शिविरमा सात सय विद्यार्थी, शिक्षक र अभिभावकहरुको पनि स्वास्थ्य जाँच गरिएको संयोजक वस्यालले जनाए । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष लायन कमल थापा क्षेत्री, निवर्तमान अध्यक्ष लायन थानेश्वर अर्याल, पूर्व अध्यक्षहरु लायन लक्ष्मण कुँवर, लायन सन्तोषमान सिमानगैंडा लगायतको उपस्थिति थियो भने क्लबका अन्य पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो । शिविर सम्पन्न गर्नलाई तीनजना संयोजक तोकिएका थिए । आँखा सम्बन्धी कार्यक्रमको संयोजक लायन डा. प्रभात जिसी, रगत पहिचान र मधुमेह संयोजकमा लायन दुर्गा पोख्रेल रहेका थिए ।






















