तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलनमार्फत ५० अर्ब तान्दै


काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुसँग भएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरण जारी गरेको छ ।

आइतबार राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ५० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गरेको हो । बैंकहरुमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २१ दिनका लागि ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको हो ।
जसको बोलकबोल आज आइतबार नै ‘अनलाइन बिडिङ सिस्टम सफ्टवेयर’मार्फत हुनेछ । आइतबार २ बजेसम्म बैंक तथा वित्तीय संस्थाहरूले घटीमा १० करोड र बढीमा ५ करोड रूपैयाँले निशेष भाग जाने गरी आवेदन दिन सक्नेछन् ।

उपकरणको ब्याजदर बोकबोलमार्फत नै निर्धारण हुनेछ । भने, साँवा तथा ब्याज भुक्तानी पुस ७ गते हुने राष्ट्र बैंकले जनाएको छ । गत बुधबार (मंसिर १२ गते) मात्रै राष्ट्र बैंकले १ खर्ब रुपैयाँका निक्षेप संकलन उपकरण जारी गरेको थियो ।






















