सरकारले काम गर्न सकेन डिला संग्रौला

बुटबल, पुस ९ गते । काँग्रेस नेतृ डा. डिला संग्रौलाले सरकारप्रति जनता सन्तुष्ट नभएको बताइन । दुई ठूला पार्टीको सरकारले सोंचे जस्तो काम नगरेपछि जनता असन्तुष्ट भएको उनको भनाइ छ ।

रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेशले बुटबलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै कांगे्रस केन्द्रिय सदस्य नेतृ संग्रौलाले भनिन् जुन उद्देश्यले सरकार गठन भएको थियो, त्यो अनुसार सरकारले काम गर्न सकेन ।

सरकार असफल भएको बताउंदै उनले तत्काल संविधान संशोधनकोे प्रक्रिया अगाडी बढाउन सरकारलाई सुझाब दिइन ।
काँग्रेसले सञ्चालन गरेको १ सय दिने अभियानको क्रममा जनतासँग पुग्दा जनताले विकासको अनुभुति नगरेको, सरकार सञ्चालनमा भएकाहरु न्ेताहरु अलमलमा परेको गुनासो जनताले गरको कुरा सुनाइन । उनले वर्तमान सत्ता गठबन्धन सत्ताको लागि मात्र नभएर अस्थिरता अन्त्यसँगै संविधान संशोधनका लागि काँग्रेस र एमालेको सरकार बनेपनि सोंचे अनुसार कुनै काम नभएको भन्दै आालोचना गरिन ।

पुर्व सांसदसमेत रहेकी नेतृ संग्रौलाले काँग्रेसको आगामी निर्वाचनमा पार्टीको नेतृत्वका लागि उत्तराधिकारी कसैको कोही नहुने बताउँदै भिजन र मिसन भएको व्यक्तीले पार्टीको नेतृत्व गर्ने तर्क गरिन् ।सरकारको आलोचनात्मक टिप्णी गरेपनि नेतृ संग्रौलाले सहमती अनुसार सरकार चल्ने र चुनावी सरकारको नेतृत्व काँग्रेस सभापति शेरबहादुर देउँवाले गर्ने दाबी गरिन् ।
उनले रुकुम पूर्वमा अझैपनि माओबादीको धडधडी नहराएको र माओबादीको अराजकताले मुलुकलाई अगाडी बढ्न नदिने बताइन ।

रिपोर्टस क्लब, लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ लु्म्बिनी प्रदेश महिला उपाध्यक्षमा निर्वाचित बुटवलकी मिना ढकाललाई सम्मान गरिएको थियो ।