निलम्बनमा परेपछि के भने पाण्डे र तिमिल्सेनाले ?

काठमाडौँ । पार्टीको केन्द्रीय सचिवालय बैठकले ६ महिनाका लागि निलम्बन गरेको खबर पाएलगत्तै नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिमिल्सेनाले नेतृत्वलाई पञ्चको संज्ञा दिएकी छन्।

उनले पञ्चायतविरुद्ध लडेका पार्टी नेतृत्वलाई पञ्चको संज्ञा दिएकी हुन्। सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छन्, ‘पञ्चायतविरुद्ध लडेर आउनु भएको नेतृत्वगणले पञ्चकै नक्कल नगर्नु भएको भए हुन्थ्यो। उनले तल्लो तहका आम कार्यकर्ता, तिनको लगाव, मिहिनेत र चासोको अगाध माया लागेको बताएकी छन्।

उनले लेखेकी छन्, आजै पनि आफ्नो जिम्मेवारी भएको नुवाकोट निर्वाचन क्षेत्र नं.१ अन्तर्गत शिवपुरी गाउँपालिका कमिटीको सपथ ग्रहण कार्यक्रम थियो । उक्त कार्यक्रम सकेर भर्खर घर आइपुगेको छु । तल्लो तहका आम कार्यकर्ता, तिनको लगाव, मेहनत र चासोको अगाध माया लाग्छ। यता ६ महिना निलम्बनको निर्णय भएछ । पञ्चायत बिरुद्ध लडेर आउनु भएको नेतृत्वगणले पञ्चकै नक्कल नगर्नु भएको भए हुन्थ्यो ।

छ महिना निलम्बनमा परेकी अर्की नेतृ विन्दा पाण्डेले पार्टीबाट निलम्बित हुँदा पार्टीकै काममा रहेको बताएकी छन्। सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै उनले अब छ महिनाको अवधि रचनात्मक तथा सिर्जनात्मकमा खर्चिने बताएकी छन्।

उनले लेखेकी छन्, ‘हामी त पार्टी काममै थियौं, नेताले ६ महिना छुट्टी दिएको खवर सुनियो। यो अवधिलाई रचनात्मक र सिर्जनात्मक रुपमा प्रयोग गर्नु पर्नेछ । यहाँहरुको सुझाव पाउ ल । पार्टीले निलम्बन गरेको खबर पाएलगत्तै पूर्वमन्त्री बिमला राई पौडेलले पार्टी नेतृत्वले गलत काम गरेको टिप्पणी गरेकी छन्।

सामाजिक सञ्जाल एक्समा लेख्दै पौडेलले पाण्डे र तिमिल्सेना पार्टी निर्माण गर्न तथा पार्टीका कामका लागि इमान्दार रहेको भन्दै निर्णय गलत भएको बताएकी हुन्।