सहकारीको पैसा अपचलन गर्नेलाई कारबाही हुन्छ मन्त्री -कार्की

धौलागिरीको २५ औं वार्षिक साधारण सभा

बुटवल, पुस २० गते । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनेन्द्र कार्कीले सहकारीको पैसा अपचलन गर्नेलाई कारबाही हुने बताएका छन् । जनताले जम्मा गरेको पैसा अपचलन गर्न कसैलाई पनि कानुनले छ्ट नदिने भएकाले प्रचलित नियम कानुन अनुसार कारबाही हुने बताए ।

बुटवलको धौलागिरी बहुउद्देश्य सहकारीको शनिबार सम्पन्न २५ औं वार्षिक साधाण सभामा बोल्दै सहकारीमा गलत काम भएको स्वीकार गरे ।
उनले थोरै सहकारीले गलत काम गर्दा धेरै सहकारीलाई आक्षेप लाग्ने गरेको बताउंदै रास्वपाका नेतादेखि एमाले, कांगे्रसका नेता तथा कार्यकर्ताले सहकारीको अपचलन गरेको बताए । त्यस्तालाई कारबहाही हुन्छ, गलत नगरी राम्रोसंग सहकारी चलाउन मन्त्री कार्कीले सहकारी सञ्चालकहरुलाई आग्रह गरे ।

सहकारीका लागि राज्यले ल्याउन लागेको अध्यादेशबारे नआत्तिन आग्रह गर्दै उनले भने राज्यले गलन अध्यादेश ल्याउंदैन, ल्याइहाले पनि संशोधन गर्न सकिने बताए । अनुगमनको कमीले सहकारीमा मनोमानी जस्तो देखिएको उल्लेख गर्दै अब प्रदेश सरकारले अनुगमन गरेर सहकारीहरुमा आर्थिक र सामाजिक सुशासन ल्याउने मन्त्री कार्कीको दाबी छ ।

सहकारीका संस्थापक अध्यक्ष तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांणले सहकारीमा पूंजीवृद्दि गर्नुपर्ने र त्यससका लागि सदस्यता संख्या बढाउनु पर्नेमा जोड दिए । हरेक मानिसलाई सहकारीमा आवद्द गराए आर्थिक रुपमा आत्मनिर्भर गराउन सकिने बताउंदै सहकारीको लगानी उत्पादनमूलक क्षेत्रमा लगाउनु गर्नुपर्नेमा जोड दिए ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले सहकारीमा आउनु पर्ने मान्छे भन्दा आउन नहुने मान्छे आउंदा समस्या भएको उल्लेख गर्दै लक्षित वर्ग सहकारी नअटाएको बताए । उनले सहकारीलाई सरकार तथा नियमनकारी निकायले अनिवार्य अनुगमन गर्नुपर्ने बताउंदै अनुगमन नहुंदा सहकारीको पैसा अपचलन हुन पुगेको अध्यक्ष अर्यालले तर्क गरे ।

बचत तथा ऋण सहकारी संघ रुपन्देही अध्यक्ष बसन्त ढकालले अनुगमन नहुंदा र राज्यको गलत नीतिका कारण सहकारीहरुमा समस्या देखिएको बताए ।
कार्यक्रममा बोल्दै धौलागिरी बहुउद्देश्य सहकारीका अध्यक्ष गोविन्द खनालले सहकारी नियमपूर्वक सञ्चालन भएको र कुनै समस्या नभएको दाबी गरे ।

उनले सहकारीका हरेक सदस्यहरुलाई सहकारी कसरी चलेको छ, सञ्चालनमा के कस्ता समस्या छन्, छैनन् र लगानी कस्तो ठाउंमा भएको छ भन्नेबारे अनिवार्य बुझेर आफ्नो पैसा सुरक्षाका लागि सचेत हुन आग्रह गरे ।

उक्त कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ८ कावडाध्यक्ष यज्ञ पंगेनी, सहकारीका सल्लाहकार युवराज गिरी, टंक पराजुली, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामराज पोखरेल, पत्रकार महासंघ रुपन्देहीका कार्यवाहक अध्यक्ष विश्वास ढकाल, इन्द्रिणी बहुउद्देश्य सहकारीकी उपाध्यक्ष मायां गौतम लगायतले बोल्दै सहकारीमा देखिएको बेथितिलाई रोक्नका लागि राज्यले नियममित रुपमा अनुगमन गर्नुपर्ने बताए ।

उनीहरुले राज्यको स्पष्ट नीति नहुंदा सहकारीमा समस्या आएको बताउंदै केही सहकारीले ठगी गरेका कारण राम्रा काम गरेका सहकारीहरुको बदनाम भएकाले गलत काम गरेका सहकारीहरुलाई कारबाही गर्न सरकारसंग माग गरेका छन् ।

सहकारीका अध्यक्ष गोविन्द खनालको अध्यक्षता, सचिव ठाकुर घिमिरेको सञ्चालन र उपाध्यक्ष देवप्रदा खनालको स्वागतमा कार्यक्रम भएको थियो ।
उक्त २५ औं वार्षिक साधारणसभाको अवसरमा विभिन्न तहमा उत्कृष्ट अंक ल्याएर उत्कृष्ट स्थान हासिल गर्न सफल विद्यार्थी र सहकारीमा आवद्द वृद्दवृद्दाहरुलाई सम्मा गरिएको थियो ।
१६ सय ६९ जना सदस्य संख्या रहेको सहकारीको करब २९ करोड बजेट रहेको सचिव ठाकुर घिमिरेले बताए ।