नेपाल मुद्रण उद्योग महासंघको वार्षिक साधारण सभा रुपन्देहीमा


बुटवल, माघ १० गते । मुद्रण उद्योगी तथा व्यवसायीले भन्सार नीतिमा सुधार गर्न र जिटुजीको खारेज गर्न सरकारसंग माग गरेका छन् । नीजि क्षेत्रका छापा तथा मुद्रण व्यवसायीलाई खुल्ला प्रतिष्पर्दा गर्न नदिएर राज्यले नीजि क्षेत्रमाथि अपमान गरेको व्यवसायीको गुनासो छ ।

यही माघ ११ गते रुपन्देहीको तिलोत्तममा हुन लागेको नेपाल मुद्रण उद्योग महासंघको ११ औं वार्षिक साधारण सभाबारे जानकारी गराउने उद्देश्यले बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल मुद्रण उद्योग महासंघका अध्यक्ष विष्णु तिवारीले छपाईमा नीजि क्षेत्रलाई खुल्ला प्रतिष्पर्दा गर्न दिनुपर्ने बताए ।
अध्यक्ष तिवारीले विदेशमा मुद्रण तयारी बस्तुमा दिंदै आएको सुविधा खारेज गर्नुपर्ने र सार्वजनिक खरिद ऐन संशोधन गर्नुको विकल्प नभएको बताए ।
छापाखाना सम्बन्धी ऐन निर्माण गर्न सरकारसंग माग गर्दै अध्यक्ष तिवारीले भने सेक्युरिटी प्रिन्टिङ सम्बन्धी काम सरकारी निकायबाट गरेपनि अन्य छपाईको काम गर्न नीजि क्षेत्रलाई खुल्ला प्रतिष्पर्दाबाट बन्चित गर्न नहुने बताए ।
नेपाल मुद्रण उद्योग महासंघका अध्यक्ष पूर्व अध्यक्ष माधव केसीले सरकारी क्षेत्रका पाठ्यपुस्तकहर पनि खुल्ला प्रतिष्पर्दाका आधारमा नीजि क्षेत्रलाई छाप्न दिनुपर्ने बताउंदै जिटुजेबारे गलत ब्याख्या गरिएको बताए ।

रुपन्देहीको तिलोत्तममा हुने ेपाल मुद्रण उद्योग महासंघको ११ औं वार्षिक साधारण सभाको तयारी पुरा भएको कार्यक्रम तयारी समितिका संयोजक तथा रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष कृष्ण पराजुलीले जानकारी गराएका छन् ।
महासंघको ११ औं वार्षिक साधारणसभामा ६० जिल्लाबाट ४ सय ५० जना प्रतिनिधिको सहभागिता हुने महासंघका महासचिव अर्जुन सापकोटाले जानकारी गराए ।
११ औ वार्षिक साधारण नेपाल मुद्रण उद्योग महासंघका लुम्बिनी प्रदेशको व्यवस्थापनमा हुंदै छ ।






















