देशको अवस्था सहज छैनः प्रचण्ड

कर्णाली । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले देशको राजनीतिक अवस्था सहज नभएको बताएका छन् ।

आज सुर्खेत विमानस्थलमा बोल्दै अध्यक्ष प्रचण्डले पछिल्लो समयमा मुलुकको राजनीतिक अवस्था झन् बिग्रँदै गएको बताएका हुन् । सरकारले ल्याएको अध्यादेशको विरोध गर्दै विपक्षीको तर्फबाट संयुक्त वक्तव्य जारी गरेको उनले बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले अबिलम्ब विशेष अधिवेशन बोलाउन माग गरेपछि बल्ल सरकारले यही माघ १८ गते अधिवेशन बोलाएको जानकारी दिए ।

आगामी अधिवेशनमा विपक्षी दलको नेताका हैसियतले सरकारका गतिविधिका बारेमा जनतालाई केही अपिल गर्ने उनको भनाइ छ ।