रसायन मेडिकल आपूर्ति संघको रक्तदान

बुटवल । रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल रुपन्देही शाखाले संघको तेस्रो स्थापना दिवसको अवसरमा बुधवार रक्तदान कार्यक्रम गरेको छ । संघका अध्यक्ष दीपक भट्टराईको अध्यक्षता तथा बुटवल उपमहानगरपालिका वडा न ६ का वडाध्यक्ष लोकनाथ न्यौपानेको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्र सम्पन्न गरिएको हो ।

रसायन तथा मेडिकल आपूर्ति संघ नेपालका केन्द्रीय सदस्य विजय खनालको स्वागत मन्तव्यबाट शुरु भएको रक्तदान कार्यत्रममा ५८ यूनिट रगत संकलन भएको संघका महासचिव यदुमणि पोख्रेलले जनाएका छन् । संघको आफ्रनै सचिवालय भवनमा आयोजना गरिएको रक्तदान कार्यक्रममा बोल्ने वक्ताहरुले रक्तदान महादान मात्रै नभएर आफ्नै स्वास्थ्यलाई स्वस्थ बनाउनका लागि रक्तदान गर्नुपर्ने बताएका थिए ।

वक्ताहरुले रक्तदानले आफ्नो शरिरमा भएको रगत हरेक तीन महिनामा आफै नष्ट हुने र नयाँ रगत उत्पादन हुने भएकाले खेर जाने रगतलाई सदुपयोग गर्नुपर्ने औल्याए । उनीहरुले विभिन्न रोगबाट अस्पतालमा उपचारारत विरामीहरुलाई आवश्यक पर्ने रगतलाई परिपूर्ती गर्नलाई रक्तदान गर्नुपर्ने सुझाए ।

कार्यक्रममा एनसि डिए रुपन्देहीका वरिष्ठ उपाध्यक्ष पुरुषोत्तम भट्टराई, एनसि डिए रुपन्देहीका उपाध्यक्ष नारायण वहादुर थापा, महासचिव कृष्ण पोख्रेल, संस्थाका निवर्तमान अध्यक्ष बाबुराम भण्डारी लयागतको उपस्थिती रहेको कार्यक्रम संयोजक कृष्णप्रसाद खनालले बताएका छन् ।