बुटवलमा लखन कप प्रतियोगिता हुने

बुटवल । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा लखन ब्रदर्श यूथ क्लबको आयोजनामा माघ २२ गतेदेखि लखन कप नकआउट फुटवल प्रतियोगिता हुने भएको हो ।

शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको क्लबका अध्यक्ष सुदिप खत्रीले बताए । सामाजिक क्षेत्रमा निरन्तर श्रमदान गर्दै आएको क्लबले पछिल्लोसमय खेलको क्षेत्रको विकासमा पनि अग्रसरता देखाउन लागेको सम्मेलनमा जानकारी गराइएको थियो ।

क्लबका संरक्षक संयोजक रामबहादुर थापाले फुटबल खेलको हबका रुपमा रहेको रुपन्देहीमा नयाँ फुटवल प्रतियोगिता आयोजना गर्न लागेको बताए । उनले भने, मैदान निर्माणमा धेरै मेहनत गर्नुपरेको छ । सिद्धेश्वर खेलमैदानलाई सम्याउन पटकपटक गरी काम सँगै खर्च पनि थपिएको छ ।

प्रतियोगितामा विजेता टिमले नगद १ लाख ५१ हजार ५ सय १५ रुपैयाँ, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद ७५ हजार ७ सय ५७ रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ । यसैगरी विधागत रुपमा सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार ५ सयसहित अन्य चार जना उत्कृष्ट खेलाडीहरुलाई नगद ५ हजार ५ ुय ५५ रुपैयाँ, कपबाट पुरस्कृत गरिने भएको बताईएको छ । रुपन्देही, नवलपरासी गरी १६ वटा टिमले भाग लिने प्रतियोगितामा करिव १५ लाख खर्च हुने अनुमान रहेको संयोजक थापाले बताए ।

कार्यक्रममा सचिव निरन्जन पन्तले रुपन्देही, नवलपरासीसहित प्रतियोगितामा १६ टिमले भाग लिने बताए । धेरै लामो समयपछि आफुहरु प्रतियोगिता आयोजना गर्न लाग्दा समन्वयमा केही कठिनाई भएको बताए ।