“नो भोट, नो एसएमस” प्रतियोगितामा सुवास बने प्रथम


बुटवल, माघ १९ गते । बिगत ३ महिनादेखि बुटवलमा मिलन कला केन्द्रले “नो भोट, नो एसएमस” लागू गरेर नयाँ प्रतिभाको खोजिका लागि अडिसन शुरु गरेको थियो ।“नो भोट, नो एसएमस” लागू गरेर मिलन कला केन्द्रले प्रदेशस्तरीय एकल नृत्य प्रतियोगिताको फाइनल सकेको छ ।

भोट र एसएमएसका कारण कैयौं लुकेर बसेका प्रतिभालाई बाहिर ल्याउन नसकिएकाले नो भोट नो एसएमसको प्रकृयाबाट धेरै भन्दा धेरै लुकेर बसेका प्रतिभाहरुलाई बाहिर ल्याउने मुख्य उद्देश्यले प्रदेश स्तरीय एकल नृत्य प्रतियोगिताका लागि अडिसन सुरु गरिएको थियो । उक्त अडिसन प्रतियोगिताको फाइनल शनिबार बुटवलमा सम्पन्न भएको हो । 
उक्त फाईनल प्रतियोगितामा सुवास बगाले प्रथम हुन सफल भएका छन् । प्रतियोगितामा किरण मगरले दोस्रो स्थान हासिल गरेका छन्, भने विश्वास थापा तेस्रो भएका छन् । उक्त प्रतियोगितामा दर्शकको रोजाईबाट तिलोत्तमा २ जानकीनगरकी बिआंशा सापकोटा उत्कृष्ट बनेकी छन् ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनले क्रमस रु ५१ हजार १ सय ११, २१ हजार १ सय ११ र पुरस्कार १५ हजार १ सय ११ नगद र प्रमाणसहितको पुरस्का प्रदान गरिएको मिलन कला केन्द्र बुटवलकी अध्यक्ष मिना बुढा थोकीले जानकारी गराईन । त्यस्तै दर्शकबाट रोजाईमा परेर उत्कृष्ट डान्स गरेकी बिआंशा सापकोटाले रु ५ हजार पुरस्कार प्राप्त गरेकी छन् । 
कार्यक्रम संयोजक दावा शर्माका अनुसार फाईनल प्रतियोगिता टप टवान्टीबाट छनोट गरिएको हो । बुटवलको देविनगरस्थित देवसिद्दचोकमा रहेको थ्री पयन्ट रिर्सोटमा भएको प्रतियोगिताको छनोट तेरिया फौजा मगर, सुमन थापा मगर र उपेन्द्र घर्ती मगरले निर्णायकको भूकिमा रहेका थिए । 
उक्त प्रतियोगिताका प्रमुख अथिति रक्तिम सांस्कृतिक अभियानका पूर्व अध्यक्ष जीवन शर्माले कलाकारिताका क्षेत्र फराकिलो बनाउनु पर्ने बताउंदै यस्ता खालका प्रतियोागिताले गाउंघरमा लुकेका प्रतिभालाई बाहिर ल्याउन ठूलो सहयोग गर्ने बताए ।
कला र नृत्य मानिसको जीवनका लागि अपरिहार्य भएको उल्लेख गर्दै कला र नृत्यको माध्यमबाट समाज रुपान्त्रण गर्न सकिने बताउंदै व्यवस्था परिवर्तन गर्न कलाकारहरुको भूीमका महत्वपूर्ण रहेको बताए । 
मिलन कला केन्द्र बुटवलकी अध्यक्ष मिना बुढाथोकीको अध्यक्षता र सञ्चारकर्मी सुमन श्रेष्ठले प्रतियोगिताको सञ्चालन गरेका थिए । उक्त कार्यक्रममा कलाकार, मिलन कला केन्द्रमा आवद्द सदस्य तथा सहयोगी र प्रायोजक संस्थाहरुलाई सम्मान गरिएको थियो ।

कला तथा नृत्य क्षेत्रलाई पेशागत रुपमा अगाडी बढाएको बुटवलको मिलन कला केन्द्रले फरक–फरक खालका प्रतियोगिता आयोजना गर्दै आएको छ ।
मिलन कला केन्द्रले आउने बैशाखदेखि ड्रमा प्रतियोगिताका लागि अडिसन सञ्चालन गर्ने तयारी गेको छ । लुम्बिनी प्रदेश स्तरीय उक्त प्रतियोगिताका लागि जिल्ल जिल्लामा अडिसन गरिने बताईएको छ ।
उक्त प्रतियोगितामा लोक दोहोरी गायक डिल्लीनारयाण् पाण्डेय, धनबहादुर गुरुगं, लिपक कार्की, सञ्चारकर्मी र विद्यार्थी, अभिभावकहरुको सहभागिता रहेको थियो ।






















