कांग्रेस, एमालेका कारण कान्तिले पाएन विद्यालय व्यवस्थापन समिति

श्यामलाल पोखरेल
बुटवल, माघ २३ गते । पढाईमा अब्बल मानिने बुटवलको कान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिविहिन छ । राजनीतिक खिचातानीका कारण विद्यालयमा व्यवस्थापन समिति गठन हुन सकेको छैन । २०८० बैशाख २ गते विद्यालय व्यवस्थापन समितिको समय सकिएपछि अहिलेसम्म विद्यालय व्यवस्थापन समिति गठन भएको छैन ।

पुरानो विद्यालय व्यवस्थापन समितिको समय सकिएपछि नयां समिति गठन गर्ने बेला कांगे्रस र एमालेले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा दाबी गरेपछि विद्यालय व्यवस्थापन समितिविहिन बनेको हो । १० महिना पुग्नै लाग्दा पनि विद्यालयले व्यवस्थापन समिति नपाउंदा विद्यार्थीको पढाई प्रभावित भएको छ । अहिले विद्यालय व्यवस्थापनि समिति नभएकै काराण विद्यालयका लागि आवश्इक पर्ने २५ जना शिक्षकको दरवन्दी खाली रहेको विद्यालयका प्रध्यानध्यापक गोविन्द ज्ञवालीले बताए ।

प्रध्यानाध्यापक गोविन्द ज्ञवालीका अनुसार विद्यालय व्यवस्थापन समिति नहुंदा पठन– पाठनमा समस्या भएको छ । शिक्षकहरु दरबन्दी गर्न नसकिएपछि अहिले १२ जना शिक्षकलाई मासिक ज्यालादारीमा राखेर र शिक्षकहरुलाई धेरै पिरेड पढाउन लगाएर जनतन विद्यालय चलाईएको प्रध्यानाध्यापक गोविन्द ज्ञवालीले बताए ।

पठन पाठनका हिसाबले देशभरमा नाम चलेको विद्यालय कांगे्रस र एमालले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा राजनीति गर्दा अहिले कान्ति माध्यमिक विद्यालय प्रभावित बनेको हो । विद्यालय व्यवस्थापन समिति गठनका लागि २०८० जेठ ६ गते विद्यालयमा भेला आयोजना गरिएको थियो । विद्यालयका प्रध्यानाध्यापक गोविन्द ज्ञवालीका अनुसार भेलाबाट सहमति हुन नसकेपछि जेठ १३ गते दोस्रो भेला आयोजना गरिएपनि सहमति हुन सकेन ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा एमालेले टंकप्रसाद पराजुली र कांगे्रसले जीवन ओझालाई अध्यक्ष बनाउने अडान लिएका छन् । दुबै दलले अध्यक्ष छोड्न नमानेपछि सहमती नहुंदा विद्यालय व्यवस्थापन समिति गठन हुन नसकेको हो । २०८० चैत्रमा ६ जना शिक्षकका लागि विज्ञापन गरिएपनि अव्यवस्थापन समिति नहुंदा विद्यालयले जांच लिन सकेको थिएन ।
विद्यालय व्यवस्थापन समिति नहुंदा विद्यालयले विद्यालयका योजनाहरु पेश गर्न सकेन, जसले गर्दा यस वर्ष कान्ति माध्यमिक विद्यालय स्थानीय सरकारबाट पाउने भौतिक योजनाका सुविधाबाट बन्चित भएको छ ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा राजनीतिक दलबीच सहमती नजुटेपछि सहजीकरणका लागि २०८० जेठ १६ गते ३ सदस्य रहेको समिति गठन गरिएको थियो । वडाध्यक्ष नरिश्वर शर्मा संयोजक, विष्णु ढकाल र टंकप्रसाद पराजुली सदस्य रहेको सहजीकरण समिति गठन गरिएको थियो । उक्त समितिले मिलाउन नसकेपछि फेरी वडा नम्बर ४ का वडाध्यक्ष नरिश्वर पौडेल, वडा नम्बर ३ का वडाध्यक्ष विष्णु ढकाल र वडा नम्बर ४ का पूर्व वडाध्यक्ष टंक पराजुली रहेको सहजीकरण समिति गठन गरिएपनि उक्त सहजीकरण समितिले पनि आआफ्ना दलका स्वार्थ छोड्न नसकेपछि सहमति हुन सकेन ।

व्यवस्थापन समिति गठनमा सहमती नजुटेपछि सहजीकरण समितिले गत २०८१ असार २५ गते विद्यालय व्यवस्थापन समिति शिक्षा नियमावली बमोजीम उम्मेदवारलाई सहभागी गराइ लोकतान्त्रिक विधिबाट निर्वाचन अगाडि बढाउन सिफारिस गरेको थियो ।
सहजीकरण समितिका संयोजक तथा वडाध्यक्ष नरिश्वर शर्माले सहमतिका लागि दलहरुसंग छलफल भएपनि सहमति जुटाउन नसकिएको बताए ।
सहजीकरण समितिका सदस्य टंकप्रसाद पराजुलीले अध्यक्षमा दलहरुबीच इगो बढेपनि विद्यालयमा राजनीति नगरौं भन्ने कुरा पनि उठेको हो तर कुरो नमिलेपछि लोकतान्त्रिक पद्वतिबाट प्रतिनिधि चयन गर्न सकिने तर्क गरे ।
सहजीकरण समितिका अर्का सदस्य अर्का सदस्य तथा बुटवल वडा नम्बर ३ का ाावडाध्यक्ष विष्णु ढकालले जिम्मेवारी अनुसार सरोकारवाला पक्षहरुसंग पटक–पटक बैठक बसी छलफल गरिए पनि कुनै निष्कर्षमा पुग्न नसकिएको बताए ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा कांग्रेस र एमालेले दाबी नछाडेपछि माओवादी केन्द्रको तर्फबाट कृष्ण अर्याल र नागरिक समाजको तर्फबाट नारायण नागिलाले पनि अध्यक्षको दावी गरेका छन् । जसका कारण विद्यालय व्यवस्थापन समिति गठनको विषय झनै पेचिलो बनेको छ ।
स्थानीय सरकार बुटवल उपमहानागरपालिकाले पटक पटक पलह गरेपनि कांग्रेस, एमालेको आआफ्नै दम्भका कारण कान्ति माध्यमिक विद्यालय विद्यालय व्यवस्थापन समिति बिहिन छ ।

अभिभावक संघका अध्यक्ष लोकनाथ ज्ञवालीले राजनीतिक पार्टीको फोहोरो राजनीतिक खेल विद्यालयका लागि बाधक बन्यो । जुन दुख्खदायी विषय हो उनले भने ।