संविधानबाटै किसान अधिकारबाट बन्चित
अखिल नेपाल किसान महासंघको अध्यक्षमा - रेग्मी


बुटवल, माघ २५ गते । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले प्रदेश चलाउने खर्च शिक्षा, स्वास्थ्य र कृषिमा लगानी गर्नुपर्ने बताएका छन् । प्रदेश खारेज गरेमा देश पनि सहज रुपले चल्ने र शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रपनि राम्रो हुने नेता नेपालीले बताए । नेपालमा संघीयता असफल भैसकेको उल्लेख गर्दै राष्ट्रिय जनमोर्चाले आगमी चैत्र २४ गतेदेखि संघीयताविरुद्द काठमाण्डौ केन्द्रित आन्दोलनमा सहभागी हुन आग्रह गरे ।
शुक्रबार बुटवलमा सम्पन्न अखिल नेपाल किसान महासंघको चौथौ राष्ट्यि भेलामा बोल्द नेता नेपालीले समयमै संघीयता खारेज नगरे संघीयताले देश नै खारेज गर्ने अवस्था आउने बताए । नेपालमा संघीयता घुसाएर भारते आफुअनुकुल साम्राज्य जमाउन खोजेको बताउंदै भारतको डिजाइनमा आएको संघीयताले देश कमजोर भैसकेको बताए ।

संघीयता खारेज गर्नका लागि संविधान संशोधन गर्नुपर्ने बताए । नेता नेपालीले भारतले नेपाललाई आफु अनुकुलको प्रान्त बनाउन खोजेको बताउंदै भारत नेपालको हितमा नभएको बताए । भारतले नेपाललाई अस्थिर बनाएर राजगर्न खोजेको उल्लेख गर्दै भारतले नेपाललाई सिक्कीमी करणको गर्न खोजेको दाबी गरे । उनले देशमा राष्ट्यि उद्योग धन्दाको विकास र कृषिको आधुनिकीकरणमा सरकारले कुनै ध्यान नदिएको बताउंदै यो सरकारले किसानका समस्या समाधान गर्न नसक्ने बताए ।
अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरवराज रेग्मीले संविधानले किसनालाई पूर्ण अधिकार नदिएको बताएका छन् । उनले संविधान र सरकार किसानको पक्षमा नभएको दाबी गर्दै सरकारले किसानका समस्या बुझ्न नसकेको बताए । किसान नेता रेग्मीले सरकारको डाटा अनुसार नेपालमा ६३ प्रशित किसान रहको र ६३ प्रतिशत किसानका लागि कृषि क्षेत्रलाई सरकारले ३ प्रतिशत मात्रै बजेट छुट्टाएर किसानहरुलाई सरकारले नै अन्यायमा पारेको बताए ।

वर्ग संघर्षको माध्यमबाट किसान मजदुरहरुका समस्या हल गर्नुपर्ने बताउंदै उनले भने किसानहरुको पक्षमा राष्ट्यि कृषि उद्योगधन्दाको विकास हुनुपर्छ । उनले विज्ञान र पूविधिको विकासले कृषिमा आधुनिकीकरणको गति बढ्न थालेको बताउंदै कृषिको वर्तमान अवस्थामा परिवर्तन गर्न सामन्ती र औपनिवेशिक शोषण र जमिन माथिको सामन्ती स्वामित्व अन्त्य गर्नुपर्ने बताए ।
नेपालको हकमा संघीयता असफल भैसकेको बताउंदै प्रदेश चलाउने खर्चले शिक्षा, स्वास्थ्य निःशुल्क गर्न सकिने भएकाले प्रदेश खारेजका लागि किसाना मजदुरहरुलाई संगठित गर्नुपर्ने तर्क गरे । संघीयताविरुद्द राष्ट्यि जनमोर्चाले आयोजना गरेको काठमाण्डौ केन्द्रित आन्दोलनमा देशभरका सचेत किसानहरुलाई उक्त आन्दोलनमा सहभागि गराउने बताउंदै संघीयताको बिरोधमा उत्रन सबै किसानहरुलाई आग्रह गरे ।
कार्यक्रममा राष्ट्यि जनमोर्चाका नेता बद्रे आलम, कम्यनिष्ट संग्रालयका अध्यक्ष चेतनाथ आचार्य, अखिल नेपाल उद्योग व्यापार संगठनका अध्यक्ष ढुण्डीराज शर्मा, राष्ट्यि सहकारी अभियानका अध्यक्ष गंगालाल सापकोटा, प्रगतिशील पत्रकार संघ, नेपालका केन्द्रिय सदस्य शंकर पोखरेल, रक्तिम सांस्कृतिक अभियानकी केन्द्रिय सदस्य छितिजा राहाडी, अखिल नेपाल महिला संघकी महासचिव सकुन्तला राना, अखिल छैठौंका केन्द्रिय सदस्य माधव विश्वकर्मा, अन्टुकका केन्द्रिय सदस्य टिकाराम पौडेल लगायतले बोल्दै देशको सम्वृद्दिको आधार कृषिमा लागेका किसानहरु भएपनि सरकारले किसानमुखि काम गर्न नसकेको बताए ।
अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरवराज रेग्मीको अध्यक्षता, उपाध्यक्ष शिव पौडेलको स्वागत र महासचिव तुल्सी सापकोटाको सञ्चालनमा कार्यक्रम भएको थियो ।
भेलाले पुनः भैरवराज रेग्मी अध्यक्ष रहेको २१ सदस्य केन्द्रिय समिति र ५ सदस्य रहेको सल्लाहाकार समिति चयन गरेको छ ।
जसको उपाध्यक्ष शिव पौडेल, महासचिव तुल्सी सापकोटा, सचिव बिरबहादुर जीसी र कोषाध्यक्षमा केबी रहेका छन् ।
त्यस्तै सदस्यहरुमा रुकबहादुर कुवंर, सावित्रा रेग्मी, ओमेन्द्र कुवंर, गाोपाल पौडेल, राजेन्द्र गैरे, चन्द्र सापकोटा, हेमराज पौडेल, रामप्रसाद भुसाल, राजकुमारा धौधरी, दिप गोले, भिम आचार्य, विष्णु आचार्य लगायत निर्वाचित भएको निर्वाचन समितिका सदस्य टानबहादुर केसीले जानकारी गराए ।






















