शाइन रेसुङ्गा बैंकले राष्ट्रिय रन’ प्रतियोगिता आयोजना गर्दै

 श्यामलाल पोखरेल
बुटवल, माघ २६ गते ।
बुटवलको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको मुख्य काम वित्तिय क्षेत्रको कारोबार हो । वित्तिय क्षेत्रसंगै सामाजिक उत्तरदायित्व अन्तरगत शाइन सामाजिक क्षेत्रमा पनि क्रियाशिल छ ।

सााजिक क्षेत्रमा सहयोगी बन्दै आएको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले शिक्षा, स्वास्थ्य, सरसफाई, खेलकुंद र सञ्चारको क्षेत्रमा पनि काम गर्दै आएको छ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले आगामी फागुन ११ गते शाइन रेसुङ्गा राष्ट्रिय टेन के रन’ प्रतियोगिता आयोजना गर्न लागेको छ । रन टु शाइन भन्ने मुख्य नाराका साथ बैंकले शाइन रेसुङ्गा राष्ट्रिय टेन के रन’ प्रतियोगिता आयोजना गर्न लागेको छ ।

शाइन बैंकले शनिबार बुटवलको हेड अफिसमा पत्रकार सम्मेलन गरी बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले उक्त प्रतियोगिताबारे जानकारी गराएका छन् ।

बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा एथलेटिक्समा लोकप्रिय विधाको रुपमा रहेको १० किलोमिटरको राष्ट्रिय स्तरको दौड प्रतियोगिताको सुरुवात गर्न लागिएको कार्यकारी अधिकृत पौडेलले जानकारी गराए । राष्ट्रिय स्तरका धावक सहभागी रहने प्रतियोगिताको पुरस्कार राशी ५ लाख रुपैयाँ राखिएको छ । प्रतियोगितामा खुल्ला, स्थानीय ५० बर्षसम्म र स्थानीय ५० वर्ष भन्दा माथीका गरी तिन विद्यामा प्रतियोगिता हुने छ ।

बैंकका प्रमुख कार्यकरी अधिकृत प्रकाश पौडेलका अनुसार प्रतियोगितामा पुरुष तथा महिला विधाका विजेता धावकले जनही १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुनेले जनही ४० हजार, तेस्रो हुनेले २० हजार, चौथों हुनेले १५ हजार र पाँचौं हुनेले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, स्थानीय धावकको सहभागीता बढाउन ५ किलो मिटरको दौडमा ५० बर्षसम्म र ५० वर्ष भन्दामाथीका गरी दुई विद्यामा प्रतिष्पर्दा हुने छ ।
विजेता महिला पुरुष खेलाडीले जनही १५ हजार, दोस्रोले १० हजार, तेस्रोले ५हजार,चौथोंले २ हजार पाँच सय रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सहभागीहुन ईच्छुक खेलाडी तथाधावकले शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको आधिकारिक वेबसाइटबाट पनि नाम दर्ता गराउने सुविधा छ ।उक्त दौड प्रतियोगिता बैंकको केन्द्रिय कार्यालय कालिकानगरबाट सुरु भएर मणिग्राम चोक हुँदै पुन केन्द्रिय कार्यालयमा फर्केर समापन हुनेछ ।
राष्ट्रिय खेलकुद परिषद् र नेपाल एथलेटिक्स संघको स्वीकृतिमा सञ्चालन हुने प्रतियोगितामा स्थानीय पालिकाहरुको समन्वय र सहकार्य हुने बैंकले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतियोगिताको व्यवस्थापन र अपरेसनमा कखरा इभेन्ट जोडिएको छ । बित्तिय क्षेत्रमा विगत १६ वर्षदेखि सेवा उपलब्ध गराउँदै आएको लोकप्रिय बैंकको रुपमा रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले विभिन्न सामाजिक क्रियाकलापमा आफुलाई अग्रणी रुपमा सामेल गराउंदै आएको छ ।

त्यसैको निरन्तरता स्वरुपमा खेलकुंद मार्फत सामाजिक उत्तरदायित्व पुरा गर्ने उद्धेश्यले राष्ट्रिय स्तरको दौड प्रतियोगिता आयोजना गरिएको बैंकले बताएको छ ।