ईम्पावर हन्टर एचआर सोलुसनको रत्तदानमा ५२ युनिट संकलन


बुटवल, माघ २७ गते । रगतको अभाव हुन नदिने उद्देश्यले आइतबार बुटवलमा ईम्पावर हन्टर एचआर सोलुसनले रक्तदान कार्यक्रम गरेको छ । सामाजिक उत्तरदायित्व अन्तरगत रहेर अन्टर एचआर सोलुसन बुटवल शाखाले बेलाबखत रक्तदान गर्दै आएको छ ।

नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको संस्थाका बुटवल शाखा प्रमुख लक्ष्मण पोखरेलल जानकारी गराए ।
बैदेशिक रोजगारमा जाने युवाहरुलाई आवश्यक परामर्शका साथै आवश्यक सेवा दिंदै आएको संस्थाले बुटवलको सडकमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।
उक्त रक्तदान कार्यक्रमको नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही अध्यक्ष कृष्ण चौहान क्षेत्री, संस्थाका बुटवल शाखा प्रमुख लक्ष्मण पोखरेल, प्रहरी बिट बुटवल बसपार्कका प्रमुख बिमला गौतमले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।
रक्तदान जीवन दान भन्ने मूल नारालाई सार्थकता दिनका लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको र यसलाई अब नियमित गर्ने कार्यक्रम संयोजक रुबिन गुरुङले बताए । डिल्लीराम न्यौपानेको व्यवस्थापनमा रक्तदान कार्यक्रम भएको प्राविधिक प्रमुख निर्मल पाण्डेयले जानकारी गराए ।

बैदेशिक रोजगारीको क्षेत्रमा काम गर्नुको अलबा ईम्पावर अन्टर एचआर सोलुसनले बुटवल क्षेत्रमा आश्रममा आश्रितहरुलाई र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई शैक्षिक सामाग्रीहरु सहयोग गर्ने गरेको छ ।
बैदेशिक रोजगारमा जान चाहाने युवाहरुलाई आवश्यक तालिमको व्यवस्था गरी सीप सिकाई दक्ष बनाएर ईम्पावर अन्टर एचआर सोलुसनल बुटवल शाखाले दुबई कतार, मलेसिया, बहराईनलगायत विभिन्न देशहरुमा पठाउने गरिएको बुटवल खाका प्रमुख लक्ष्मण पोखरेलले बताए ।






















