नेकपाका कार्यकर्तालाई राजनीतिक प्रशिक्षण


बुटवल, माघ २८ गते । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रुपन्देहीमा कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिएको छ । नेपाल कम्युनिष्ट पार्टीले रुपन्देहीले जिल्लको बुटवल र भैरहवामा प्रशिक्षण दिएको हो ।

रुपन्देहीको उत्तरी भागका पालिकाहरुको बुटवलमा र दक्षिणी भागका पालिकाहरुको भैरहवामा दुई चरणमा कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिइएको सोा पार्टीले जनाएको छ । पार्टीका पोलिटब्युरो सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज बसन्त सीको आतिथ्यतामा उक्त प्रशिक्षण कार्यक्रम भएको हो ।
उक्त दुवै ठाउंका प्रशिक्षण कार्यक्रममा नेता बसन्त सीले नेपालको गणतन्त्रलाई दलाल पूंजी पति तथा भ्रष्टहरुले कब्जा गरेकाले त्यसविरुद्द नयाँ खालको आन्दोलन जरुरी रहेको बताए । जनयुद्धबाट प्राप्त उपलब्धिहरुलाई रक्षा गर्दै समाजवादी गणतन्त्रका लागि जुनसुके अवस्थामा पनि पार्टी लड्न तयार रहेको बताउंदै शहीदको रगत खेर जान नदिने दाबी गरे ।

उनले कम्युनिष्टहरु जस्तो सुकै अवस्थाको पनि सामना गर्नका लागि तयार हुनुपर्ने बताउंदै बिश्वका कम्युनिष्ट आन्दोलनबाट शिक्षा लिएर अगाडी बढ्नुको विकल्प छैन भने । पार्टीको पछिल्लो केन्द्रीय समितिबाट निर्वाचनमा जाने निर्णय भएको बताउँदै भ्रष्ट दलाल सत्ताको भण्डाफोर निर्वाचनको माध्यमबाट गर्नुपर्ने र मुलुकलाई समाजवादमा रुपान्तरणका ालागि देशभक्त र कम्युनिष्ट शक्तिहरु एकजुट हुन जरुरी रहेको बताए ।
प्रशिक्षण कार्यक्रममा समाजवादी मधेसी मुक्तिमोर्चाका अध्यक्ष विनोद सीले मधेस आन्दोलनमा नेपाल कम्युनिष्ट पार्टी तथा मधेसी जनताले ठुलो बलिदानी गरेको बताउँदै आन्दोलनका उपलब्धिलाई रक्षा गर्दै नेपाली विशेषताको समाजवाद स्थापनामा जोड दिए ।
नेकपाका केन्द्रीय सदस्य शरद सीले स्थानीय सत्तामा हुने अनियमितता तथा भ्रष्टाचारको भण्डाफोर गर्नुपर्नेमा जोडदिंदै रुपन्देही जिल्लामा गर्ने संगठन बिस्तार तथा संघर्षका योजनाबारे जानकारी गराएका थिए ।
अर्का केन्द्रीय सदस्य बिश्वास सीले पार्टीले उत्पादनमा जोड दिएकाले उत्पादनका आगामी कार्यक्रमबारे प्रकाश पारेका थिए ।
केन्द्रीय सदस्य नवीन सीले आफ्नो पार्टी अरु दलाल संसदीय पार्टी भन्दा किन फरक छ? हामी किन फरक छौं ? किन हाम्रो पार्टी सबैको समर्थन जोडिन आवस्यक छ भन्ने विषयमा स्पस्ट पारे केन्द्रीय सदस्य उषा सीले मधेसी महिलाहरुले नेपालको क्रान्तिकारी आन्दोलनमा खेलेको महत्त्वपूर्ण भुमिकाबारे प्रशिषण दिएकी थिइन ।
नेकपाका केन्द्रीय सदस्य एवं रुपन्देही सेक्रेटरी बिरेन्द्र सीको संचालनमा कार्यक्रम भएको थियो ।






















