नेपालका लागि संघीयता बाधक – मोहनविक्रम


भारत, नयांदिल्ली । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले नेपाल र नेपालीका लागि संघीयता बाधक बनेको बताउंदै संघीयता खारेज गर्नुपर्ने बताएका छन् ।
नेता सिहंले संघीयताले मुलुकको हितमा नभएकाले यसको खोरजी गरी स्थानीय तहहरुलाई अधिकार सम्पन्न गराउनु पर्नेमा जोड दिए ।
संघीयताका कारण देश दिन प्रतिदिन ‘आर्थिक रूपले कंगाल बन्दै गएकाले वैदेशिक ऋणको भारी हरेक नेपालीको टाउकोमा थोपरिएको बताए ।
एकपछि अर्को गर्दै हामी नेपाली जनता अन्य देशमाथि आश्रित बन्दै गएका छौँ । यसो हुनुमा एक संघीयताको कारण पनि हो उनले भने ।
संघीयताको दुष्परिणाम नेपालको राजनीतिक क्षेत्रमा समेत देखा परिरहेको उल्लेख गर्दै महामन्त्री सिंहले भने ‘प्रदेश र केन्द्रका बिचमा लगातार द्वन्द्व चलिरहेको छ । केन्द्रले दिएका अधिकार अपर्याप्त भएको वा प्रदेशप्रति हेपाहा नीति वा केन्द्रीकृत मानसिकता भएको विषय जबरजस्त उठिरहेको छ ।

सिंहले यो प्रवृत्तिले विखण्डनकारी क्षेत्रीयतावादी सोचाइ विकास हुँदै गएको हो भने । नेपालमा राष्ट्रिय आवश्यकताको आधारमा नभएर विदेशी शक्तिको स्वार्थमा दबाबमा संघीयता जबरजस्त भित्राईएको दाबी गरे । संघीयताकोे तात्कालिक उद्देश्य पहाडबाट तराई टुक्राउने, एक मधेस एक प्रदेश निर्माण गरी बेग्लै राज्य बनाउने र अन्ततः त्यसलाई भारतमा गाभ्ने हो । अहिले पनि एउटा पक्षले यस्तो प्रयास जारी राखेको महामन्त्री सिंहले बताए ।
भारतको नयांदिल्लीमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै सिंहले स्वदेशमा चल्ने विभिन्न न्यायिक आन्दोलनमा महत्वपूर्ण भूमिका रहँदै आएको बताए ।
राष्ट्रिय जनमोर्चाले आगामी चैत २४ देखि ३० गतेसम्म चल्ने राजधानीकेन्द्रित आन्दोलनलाई सबै प्रकारले सहयोग गर्न प्रवासी नेपालीलेलाई महामन्त्री सिंहले आग्रह गरेका छन् ।























