भारतमा अलपत्र सिन्धुपाल्चोकका रामसिंह राईलाई मूल प्रवाहद्दारा उद्दार


खिमराज चालिसे, (चंडिगढ)
भारतको हिमाचल राज्यको रामपुर बसपार्कमा अलपत्र अवस्थामा फेला परेका वृद्धा रामसिंह राईलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले उद्दार गरी स्वदेश नेपाल पठाएको छ ।

वर्ष ६० का राईलाई १२ फरवरी २०२५ को उद्दार गरी स्वदेश पठाईएको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले जानकारी गराएको छ । विगत ४०–४५ दिनदेखि रामपुर बसपार्कमा अलपत्र अवस्थामा रहेका सिन्धुपाल्चोक अन्थली बारबिसे घर बताउने रामसिंह राई वर्षलाई मूल प्रवाहले स्थानीय पुलीससँग समन्वय गरी गरि नेपाल पठाएको हो ।
रामसिंह राईलाई तत्काल जरुरी लत्ताकपडा जरूरी सामान मूल प्रवाहले उपलब्ध गराई दिएको थियो । वृद्धालाई स्थानीय व्यापारी र पुलिस प्रशासनले पनि सहयोग गरेको जानकारी राज्य समितिका अध्यक्ष विरु श्रेष्ठले जानकारी गराएका छन् ।

पिडित राम सिंहलाई मूल प्रवाहले सहयोग संकलन गरी नेरु ७ हजार २ सय हस्तान्तरण गरेको छ । उनलाई स्थानीय पुलीस प्रशासनको सपोटमा मूल प्रवाहका सिताराम बुढा, लालबहादुर रावत, कृष्णामाया थापा, भावना सिंह, रणवीर र आरके लगायतका नेताहरुले उद्दार गरेका थिए ।






















