संघीयताको बिरोधमा राष्ट्रिय जनमोर्चाको रुपन्देहीमा मोटरसाईकल ऱ्याली

बुटवल, फागुन ३ गते । राष्ट्रिय जनमोर्चाले आगमी फागुन २४ गतेदेखि ३० गतेसम्म संघीयताविरुद्द काठमाण्डौ केन्द्रित आन्दोलनको गर्ने गरी देशभर तयारी गरेको छ । सोही कार्यक्रम अन्तरगत राष्ट्रिय जनमोर्चा रुपन्देहीले संघीयताको बिरोध गर्दै रुपन्देहीमा मोटरसाइकिल रÞ्याली निकालेको छ । शनिबार बुटवलबाट निकालिएको ऱ्याली भैरहवा पुगेर पुनः बुटवल फर्किएको थियो ।

मोटरसाईकल र्यालीपछि भैरहवामा आयोजित कोणसभामा बोल्दै राष्ट्रिय जनर्मोचाका नेता बद्रे आलमले नेपाल र नेपालीले संघीयता थेग्न नसक्ने बताए । संघीयतका कारण मुलुक आर्थिक रुपले टाट पल्टिन लागेको र मुलुक कमजोर भैसकेको बताए ।

संघीयता विरुद्दको काठमाणडौ केन्द्रित आन्दोलनमा सर्मथनसहित सहभागिता जनाउन आग्रह गर्दै विदेशीको इसारामा हिजो संघीयता ल्याएका दलहरु पनि अब देशमा संघीयता चल्न सक्दैन भन्ने अवस्थामा पुगेको बताउंदै संघीयता खारेज गर्ने आन्दोलन सफल बनाउनु सबैको साझा दायित्व भएको नेता आलमको भनाइ छ ।

प्रदेश चलाउने खर्चले शिक्षा, स्वास्थ्य निःशुल्क गर्न सकिने उल्लेख गर्दै ऋण खोजेर प्रदेश चलाउन खोज्नेहरु पटमुर्ख भएको भन्दै उनले भने संघीयता खारेज नभए देशै खारेज हुने अवस्थामा पुग्छ ।

कम्युनिष्ट संग्रालयका अध्यक्ष तथा वामपन्थी नेता चेतनाथ आचार्यले नेपालमा विदेशी शक्तिको स्वार्थ र दबाबमा संघीयता जबरजस्त भित्राईएको बताउंदै खारेज गर्नुको अर्को कुनै विकल्प नभएको बताए ।
संघीयताकोे तात्कालिक उद्देश्य पहाडबाट तराई टुक्राउने, एक मधेस एक प्रदेश निर्माण गरी बेग्लै राज्य बनाउने र अन्ततः त्यसलाई भारतमा गाभ्ने हो । अहिले पनि एउटा पक्ष संघीइताको पक्षमा छ त्यसलाई असफल गाराउनु पर्ने तर्क गरे ।

भैरहवापछि बुटवलमा आयोजित कोण सभामा बोल्दै राष्ट्रिय जनर्मोचा लुम्बिनीका कोषाध्यक्ष गणेश गौतम, रुपन्देही अध्यक्ष टानबहादुर केसी र रुपन्देही सचिव केपी पोखरेलले संघीयता खारेज नहुंदासम्म देश सही ढंगले चल्न नसक्ने बताउंदै एउटो सरकार पाल्न नसकेका नेपाली जनताले आठ वटा सरकार पाल्न नसक्ने बताउंदै नेपालमा संघीयता असफल भैसकेको दाबी गरे ।

राष्ट्रिय जनमोर्चाले शुरुदेखि नै संघीयताको बिरोध गर्दै आएको छ । देशमा संघीयता घुसेदेखि नै सडक र सदनबाट राष्ट्रिय जनमोर्चाले नेपालको हकमा संघीयता घातक छ भन्दै आएको राजनीतिक दल हो ।

संघीयताको विकल्प प्रातान्त्रिक विकेन्द्रिकरणको आधारमा स्थानीय तहहरुलाई अधिकार सम्पन्न बनाउनु पर्ने राष्ट्रिय जनमोर्चाको अडान छ । नेपाल र नेपालीले संघीय प्रणाली थेग्न नसक्ने बताउंदै उसले संघीयता खारेजीका लागि आन्दोलन गर्दै आएको छ ।