चैतन्य एकेडमीको वार्षिकोत्सवमा बुटवलमा सरसफाई


फागुन ४ गते । चैतन्य एकेडेमि नेपाललको बुटवल शाखाले बुटवलमा सरसफाई गरेको छ । लोकसेवाको तयारीमा आफ्नै खालको पहिचान बनाएको चैतन्य एकेडेमी बुटवलले लोकसेवा बैंकिङ्ग सेवा र शिक्षा सेवाको तयारी गर्दै गरेका विद्यार्थी, प्रशिक्षक र कर्मचारीहरुको सहभागितामा सरसफाई कार्यक्रम गरेको हो ।

चैतन्य एकेडमी नेपालको ११ औं वार्षिकोत्सवको अवसरमा सम्पन्न भएको बुटवल शाखा प्रमुख दीपक ढकालले जानकारी गराए । संस्थाले अध्ययन अध्यापन कार्य मात्रै नगरी सामाजिक र सिर्जनात्मक कार्यहरु गर्दै आएको एकेडेमीका संस्थागत अध्यक्ष गणेशप्रसाद जोशीले बताए ।
एकेडेमी स्थापनाको पूर्व सन्ध्यामा काठमाडौंमा रक्तदान, धनगढीमा रहेको चैतन्य पाठशालामा निःशुल्क रक्तदान, विशिष्ट व्यक्तिलाई सम्मान लगायत लोक संस्कृतिक कार्यक्रम सम्पन्न गरिरहेको जोशीले जानकारी गराए ।

देविनगर चौतारी नजिकका क्षेत्रमा भएको सरसफाईमा ६० जनाको सहभागिता गरिएको सरसफाईमा प्लास्टिकजन्य कागज र सिसालगायतको ८० केजी फोहोर संकलन गरिएको बुटवल शाखाका प्रमुख दीपक ढकालले जानकारी गराए ।
एकेडेमीले हालसम्म हजारौ व्यक्तिलाई निजामती, बैंकिङ्ग, शिक्षा, प्राविधिक क्षेत्रमा प्रवेश गराउन सफल भइसकेको छ। शिक्षा, प्रकाशन, खेलकुद जस्ता क्षेत्रामा कार्य गर्दै आएको एकेडेमिले सामाजिक कार्य अन्तर्गत विकट ग्रामीण क्षेत्रमा गई कम्प्युटर लगायत शैक्षिक सामग्री पनि वितरण गर्दै आइरहेको छ।






















