बुटवलमा ललितकला प्रदर्शनी, प्रदेश सरकारले असहयोग गरेको गुनासो

बुटवल, फागुन ९ गते । रुपन्देहीको बुटवलमा ललितकला प्रदर्शनी आयोजना गरिंदै छ । सामाजिक रुपान्त्रण ललितकलाको अभियान भन्ने नाराका साथ यही फागुन १० गतेदेखि १४ गतेसम्म ललितकला प्रदर्शनी आयोजना गरिएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजना र नेपाल व्यवसायिक कलाकार संघ रुपन्देहीको सहआयोजनामा ललितकला प्रदर्शनी गरिने छ । आयोजकहरुले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी ललतिकला प्रदर्शनीबारे जानकारी गराएका छन् ।

१ सय १३ जना कलाकारहरुले सिर्जना गरेका १ सय ८० वटा चित्रकला, मूर्तिकला,, हस्तकला, लोककला, कार्टुनकला, फोटोग्राफी कलाकृति प्रदर्शन गरिने मूर्तिकला विभाग प्रमुख प्राज्ञ दिनेश्वर महतोले जानकारी गराए ।
मूर्तिकला विभाग प्रमुख प्राज्ञ दिनेश्वर महतोले कलाकृतिहरुले दर्शकलाई सौन्द्रयबोध गराउनुका साथै समाजमा सकरात्मक सन्देश प्रवाह गर्ने र स्थानीय कलाकारहरुको प्रतिभा उजगार गर्ने बताए ।

ललितकला प्रदर्शनी कार्यक्रम सम्पन्न गनृका लागि करिब १० लाख खर्च हुने र प्रदर्शनीमा सहभागी कलाकारहरुका उत्कृष्टकला कृतिहरुलाई छनोट गरी पुरस्कृत गरिने छ । अहिलेको कला प्रदर्शनीमा १ लाख राशीको सर्वोकृष्ट राष्ट्यि ललितकला पुरस्कार जनही ६० हजार राशीको ललितकला विद्यागत पुरस्कार नवप्रतिभा ललितकला राष्ट्यि पुरस्कार प्रदान गरिने छ ।

ललितकला विद्यागत पुरस्कारतर्फ परम्परागत चित्रकला, समसामयिक र आधुनिक चित्रकला, परम्परागत मूर्तिकला, समसामयिक र आधुनिक मूतिृकला, शिल्पकला, हस्तकला, वास्तुकला र लोकल बहुआयमिक कलाका साथै अन्य सिर्जनात्मक कलामा कलाकारहरुलाई पुरस्कृत गरिने नेपाल व्यवसायिक कलाकार संघका अध्यक्ष तथा कार्यक्रम सहसंयोजक दिलिप रसालीले जानकारी गराए ।

लुमिबनी प्रादेशिक ललितकला प्रदर्शनीका लागि लुम्बिनी प्रदेश सरकारले समान्य प्रतिबद्दतासमेत नजनाएर असहयोग गरेको आयोजकहरुले गुनासो गरेका छन् । मुख्य भूमिका खेल्नुपर्ने लुम्बिनी प्रदेश सरकारले सहयोग नगरेपनि ललितकला प्रदर्शनी सहज रुपमा सम्पन्न गर्ने गरी तयारी पुरा भएको आयोजकहरुले जानकारी गराए ।

बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, रामग्राम नगरपालिकाको सहकार्यमा ललितकला प्रदर्शनी हुने एचवी रम्तेलले बताए ।
उक्त ललितकला प्रदर्शनी उद्घाटन गर्नका लागि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य आउने कार्यक्रम तय भएको छ ।