तेक्वान्दो प्रतियोगितालाई स्थानीय तहको असहयोग

यमुना थारु
बुटवल, फागुन १९ गते । तिलोत्तमा डोजाङ–२०८१ पांँचौ संस्करण खुल्ला जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता शनिबार सम्पन भएको छ । स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भने मुल नाराको उद्देश्यले आयोजना गरिएको प्रतियोगिता व्यक्तिहरुले उठाएको रकमबाट सम्पन्न गरिएको हो ।

तिलोत्तमा डोजाङ एकेडेमीका अध्यक्ष ओम गुरुङको अध्यक्षता तथा तिलोत्तमा नगरपालिका वडा न– ४ का वडाअध्यक्ष हरिबहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा र प्रीति रुपन्देही तेक्वान्दोका अध्यक्ष दिपेन्द्र बुढा विशिष्ट आथितिथ्यतामा सम्पन्न प्रतियोगिता समापन कार्यक्रममा बोल्ने वक्ताले शाररीक सुगठनका खेल अपरिहार्य रहेक बताएका थिए ।

प्रतितोगितामा सहभागी डोजाङ र स्कुलका गरी २० वटा टिमको सहभागिता रहेको थियो भने २५० खेलाडीहरु प्रतिस्पर्धामा उत्रेका थिए ।
तिलोत्तमा डोजाङ एकेडेमीको आयोजनामा भएको प्रतियोगितामा तिलोत्तमाले ५ स्वर्ण मेडलसहित प्रथम भएको छ भने ४ कास्य ५ रजत पदक प्राप्त गरेको छ । त्यसैगरी बुटवल तेक्वान्दो डोजाङ दोस्रो भएको छ ३ स्वर्ण २ कास्य पदक हात पारेको छ ।

तेस्रोमा प्रभात तेक्वान्दो डोजाङले ३ स्वर्ण १ कास्य पदक जितेको छ । अनुशासित टिम गार्गी तेक्वान्दो एकेडेमी भएको छ। महिलातर्फ उत्कृष्ट खेलाडी साहीसष्टा ठकुरी इडेन स्कुल तेक्वान्दो डोजाङको रहेकी छ्न्, भने पुरुषतर्फ उत्कृष्ट खेलाडी भिष्म सुनार प्रभात तेक्वान्दो डोजाङको रहेका छ्न ।