शान्तिसुरक्षा बलियो बनाउन आग्रह, डिएसपीलाई स्वागत


बुटवल, फागुन २१ गते । बुटवल सुनचादी व्यवसायी संघले नेपाल सुनचाँदी व्यवसायी महासंघको स्थापना दिवस एवं ईलाका प्रहरी कार्यलय बुटवलमा आएका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर राना स्वागत तथा सुरक्षाबारे छलफल कार्यक्रम भएको छ ।

संघको कार्यालय बुटवल उपमहानगरपालिका वडा नं. ४ मा आयोजित कार्यक्रममा व्यवसायीहरुले शान्तिसुरक्षाको बलियोे व्यवस्थापन गर्दै व्यवसाय चलायमान बनाउने बातावरण सिर्जना गर्न प्रहरी प्रशासनसंग आग्रह गरेका थिए । उनीहरुले सुनचादीको व्यवहासय निकै सम्बेदनशिल व्यवसाय भएका कारण यसको नियमन र सञ्चालनमा दुबै पक्ष जिम्मेवार भएर सहमति र सहकार्यका लागि संवेदनशिल बन्नुपर्नेमा जोड दिए ।
सो अवसरमा बोल्दै प्रहरी नायव निरिक्षक इन्द्रबहादुर रानाले शान्ति सुरक्षा कायम गर्न र अवैध कारोवार नियन्त्रण गर्ने विषयमा प्रहरी प्रशासनबाट कानुन पालनामा कुनै सम्झौता नगर्ने बताउदै प्रहरी नागरिकसंगै मिलेर अगाडी प्रतिबद्दता जनाए । डिएसपी रानाले व्यवसाय सञ्चालनका क्रममा आउने समस्यालाई कानुनी र व्यवहारिक पक्ष हेरेर नै प्रहरीले आफ्नो दायित्व पुरा गर्ने हुदा त्यसमा सुनचादी व्यवसायीहरु जिम्मेवार बनेर नियोजित रुपमा अबैद्य कारोवार प्रोत्साहन गर्ने तर्फ नलाग्न अनुरोध गरेका छन् ।


कार्यक्रममा नेपाल सुनचादी व्यवसायी महासंघका केन्द्रीय सदस्य दिपककुमार विकले सुनचादी व्यवसाय पछिल्ला समयमा व्यवस्थित बन्दै गएको उल्लेख गर्दै अझै पनि चारीका घटनाहरु हुने गरेको हुदा त्यसलाई अन्त्य गर्न प्रहरी प्रशासन र व्यवसायीक संस्थावीचको सहकार्य जरुरी रहेको बताए ।
बुटवल सुनचादी व्यवसायी संघका अध्यक्ष गकुल विश्वकर्माले बुटवल क्षेत्रमा रहेको सुनचादी व्यवसायको अवस्था र भोग्नु परेका अप्ठ्याराहरुका बारेमा जानकारी गराउदै सुनचादी व्यवसायीहरुलाई हतोत्साहित गर्ने काम प्रहरी प्रशासनबाट नगर्न आग्रह गरे ।
संघका अध्यक्ष गकुल विश्वकर्माको अध्यक्षता, सचिव चुरामणी विकको सञ्चालन र उपाध्यक्ष कृष्णबहादुर सुनारको स्वागतमा भएको कार्यक्रममा महासघका प्रदेश उपाध्यक्ष हरिबहादुर सुनार, संघका सल्लाहाकार हर्षबहादुर विक, संघका निर्वतमान जिल्ला उपाध्यक्ष यसरत्न वज्राचार्य लगायत बोलेको थिए ।
बुटवल सुनचादी व्यवसायी संघले महासंघको स्थापना दिवश मनाएको छ ।






















