मोरङमा केपी ओलीलाई धक्का


मोरङ । नेकपा एमालेको संस्थापन पक्षबाट उम्मेद्वार बनेका राजकुमार ओझालाई पराजित गर्दै विनोद ढकाल समूहका अजम्बर राई मोरङको अध्यक्षमा विजयी भएका छन् ।

विराटनगरमा सम्पन्न नेकपा (एमाले) मोरङको १० औँ जिल्ला अधिवेशनबाट राईको नेतृत्वमा इतर पक्षको प्यानलै विजयी भएको हो । अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, सहसचिवमा सन्तोष वान्तवा र महिला सहसचिवमा उषा झा विजयी भएका हुन् ।
विजयी भएकाहरु सबैले इतर पक्षबाट उम्मेदवारी दिएका थिए । पदाधिकारीहरुको अन्तिम मतपरिणाम सार्वजनिक भए पनि जिल्ला समितिका सदस्यहरुको अन्तिम मतपरिणाम आउन अझै केही समय लाग्ने देखिएको छ ।

पार्टीको संस्थापन पक्षबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, सहसचिवमा इर्जालाल राजवंशी र महिला सहसचिवमा शिल्पा निराला कार्कीले उम्मेदवारी दिएका थिए । उनीहरु सबै पराजित भएका छन् ।
एमा






















