राप्रपा सांसद धवल पक्राउः फौजदारी अभियोग लागेको संसद्लाई जानकारी


काठमाडौँ । काठमाडौँ जिल्ला प्रहरी परिसरले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशम्शेर जवरालाई फौजदारी अभियोगमा पक्राउ गरिएको जानकारी संसद् सचिवालयलाई दिएको छ ।

नेपालको संविधानको धारा (१)३ को उपधारा (६) बमोजिम प्रहरीले सचिवालयलाई सांसद जबरा पक्राउको सूचना दिएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए ।
सम्माननीय सभामुखलाई सम्बोधन गरेर परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले प्रतिनिधिसभा सदस्य जवरालाई पक्राउ गरिएको पत्र सचिवालयलाई प्राप्त भएको छ, प्रवक्ता गिरीले भने ।

प्रहरीले दुई पटक चुनाव हारेका राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई पनि पक्राउ गरेको छ । तर प्रहरीले कुन प्रकृतिको फौजदारी मुद्धा लागेको हो भन्ने बारेमा खुलाएको छैन् ।






















