प्रतिनिधि सभा बैठक जारी


काठमाडौँ । प्रतिनिधि सभाको बैठक चलिरहेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन् । सो क्रममा राप्रपाले विरोध गरेको छ । सो क्रममा सभामुख देवराज घिमिरेले प्रतिपक्ष दलका सांसद ज्ञानबहादुर शाहीलाई बोल्न दिएसँगै उनी पनि आलोचित भएका छन् ।

नेकपा एमालेले उक्त भनाइ रेकर्डबाट हटाउन माग गरेको छ भने नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले संसद नियमावलीमै नभएको अधिकार प्रयोग गरेर सभामुख घिमिरेबाट गल्ती हुनु दुःखद भएको बताए ।
यसैबीच प्रधानमन्त्री ओलीले तीनकुने घटनाका कुनै पनि दोषीलाई कारबाही हुने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बैंकको ऋण नतिर्न भन्दै भड्काउँदै हिँड्ने दुर्गा प्रसाईं तथा उनलाई साथ दिने पूर्वराजा ज्ञानेन्द्र शाहले भड्काएको बताए ।

उनले दोषी सबैलाई कारबाही गरिने बताए । संविधानले नै थन्को लगाइसकेको व्यक्तिले जनता भड्काएर हिँड्दा देश गम्भीर बन्ने भन्दै संविधान मिच्ने उनीमाथिसमेत कारबाही हुने बताए । उनले पूर्वराजालाई पनि ठाउँमा बस्न सुझाव दिएका छन् ।






















