वीरगञ्जमा आइतवार मध्यान्न १२ बजेसम्म कर्फ्यु


वीरगञ्ज । पर्साको वीरगञ्जमा अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएको छ । वीरगञ्ज महानगर आसपासको क्षेत्रमा साँझ साढे६ बजेदेखि कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

दुई पक्षबीचको झडपले अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु लगाएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले एउटा सूचना जारी गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९क० बमोजिम आज साँझ साढे ६ बजेदेखि लागू हुने गरी आइतबार मध्यान्ह १२ बजेसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरेका हुन् ।

वीरगञ्जको छपकैयामा स्थानीय समुदायबीच भएको झडप उग्र बनेको हो । हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र भगवान् हनुमानको जन्मजयन्तीको अवसरमा शनिबार वीरगञ्जमा शोभायात्रा निकालिएको थियो ।
उक्त क्रममा शोभायात्रामा सहभागीहरूले उच्छृङ्खल गतिविधि गरेको भन्दै अर्को समूहले आरोप लगाएपछि अवस्था झडपमा परिणत भएको हो ।






















