नयाँ वर्ष २०८२ साल वैशाख १ सोमबारको राशिफल

काठमाडौं । आज नयाँ वर्ष २०८२ साल वैशाख १ गते सोमबार । वैशाख कृष्ण पक्षको द्वितिया तिथि । तदनुसार सन् २०२५ अप्रिल १४ तारिख । नयाँ वर्षमा शनिदेवको गति अनुसार कुम्भलाई अन्त्य साढेसाती, मिन राशिलाई मध्य साढेसाती, मेष राशिलाई आध्य साढेसाती दशा चल्नेछन् । सिंह र धनु राशिलाई अढैया शनि रहेको छ । अरु सात राशि मिथुन, वृष, कर्कट, कन्या, तुला, विश्चिक, मकर राशि शनिदशाबाट मुक्त छन् । शनिदशाबाट मुक्त हुनु भनेको यी राशिका लागि यो वर्ष राम्रो छ। ज्योतिषशास्त्र अनुसार यो वर्ष राज्यमा राम्रा काम धेरै हुनेछन् । राज्यको सम्पत्ति दुरुपयोग गर्नेमाथि कानुनी कारबाही हुनेछ। तर विश्वमा भने राज्यले आफ्नो इज्जत जोगाउन जोखिम पर्ने देखिन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेषः दिन राम्रो छ । खर्चबाट जोगिनु पर्नेछ । मनमा साना कुराले सताउने जोखिम छ । गणेशको आरधना गरेर दिनको सुरुवात गर्नुपर्नेछ । विपक्षीको साथ मिल्नेछ । परिवारको साथमा रमाइलो घुमघाम हुनेछ।

वृषः बौद्धिक व्यक्तिसँग भेट हुनेछ । स्वास्थ्यले साथ दिनेछ । शिक्षामा गरेको लगानीबाट प्रगति हुनेछ । विपक्षी मोर्चा बलियो बन्दा राजनीतिमा घाटा हुनेछ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।

मिथुनः शैक्षिक क्षेत्रको गुणस्तर बढ्नेछ । पठनपाठनमा मिहिनेत गर्नुपर्नेछ । परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ । सामूहिक निर्णयबाट फाइदा हुनेछ । व्यापारमा लगानी गरेको भए नाफा हुनेछ ।

कर्कटः दिन राम्रो छ । राजनीतिमा साथीको साथ मिल्नेछ । सेवाको अवसर मिल्नेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । राजनीतिक क्षेत्रमा ठगले दुःख दिनेछन् । व्यवहार गर्दा सचेत बन्नुपर्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

सिंहः शनिदेवको सुरुवाती दशा चल्दैछ । तपाईंको बोली सुनेर साथी टाढा पुग्नेछन् । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ । परिवारको सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ ।

कन्याः जग्गाको कारोबारबाट फाइदा हुनेछ । साथीभाइको साथ मिल्नेछ । कृषिको व्यापारबाट लाभ हुनेछ । राजनीतिक क्षेत्रमा विपक्षी मोर्चामा रहेकाले सचेत बन्नुपर्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

तुलाः तपाईंको राशिमा चन्द्रमा पुगेका छन् । मन खुशी बन्ने दिन छ । आफ्नो काम देखेर मन बुझाउने ठाउँ प्रशस्त छन् । साथीभाइको साथले विशिष्ट सम्मान प्राप्त हुने योग छ । दक्षिणको लामो यात्रा नगर्नु उचित हुनेछ ।

वृश्चिकः शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको सफल बन्नेछ । बौद्धिक व्यक्तिसँगको अन्तरक्रियाले मन हलुका हुनेछ । परिवारमा कर्तव्य पूरा गर्नुपर्नेछ । धेरै माया देखाउँदा धोका हुने जोखिम छ ।

धनुः दिन सामान्य राम्रो छ । आम्दानी बढे पनि इज्जतमा प्रश्न उठ्नेछ । सम्पत्तिको पछाडि लाग्दा स्वास्थ्यमा समस्या हुनेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । श्रमको मूल्य प्राप्त हुनेछ ।

मकरः दिन राम्रो छ । तपाईं साढेसातबाट मुक्त हुनुभएको छ । काम गर्ने शैली फेरिनेछ । मनमा उत्साह बढ्नेछ । बौद्धिक व्यक्तिसँगको भेटले मन उत्साहित हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कुम्भः दिन सामान्य छ । वर्षको सुरुवाती दिन भएकाले शिवको भजन मात्र सुन्न सकेमा ठुलो फाइदा हुनेछ । जन्मकुण्डलीमा ३, ६ र ११ औं स्थानमा शनिदेव भए राम्रो फाइदा हुनेछ । खर्च बढ्ने जोखिम छ ।

मीनः दैनिकी सामान्य छ । शुद्धतामा ख्याल गर्नुपर्नेछ । बोलीमा नम्रताको खाँचो देखिन्छ । आफन्त टाढा हुने जोखिम छ । शिक्षामा ढिलासुस्ती हुनेछ । हरेक काममा मिहिनेत गर्नुपर्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।