बुटवलमा युवतीमाथि गोली चल्यो

बुटवल । बुटवल उपमहानगरपालिका वडा न ११ बुद्धनगरमा शनिवार (आज) विहान गोली चलेको छ । पाल्पाको रैनादेवी छहरामा घर भई हाल बुटवलको बुद्धनगरमा बस्दै आएकी टीका बिष्ट क्षेत्रीमाथि गोली प्रहार भएको
रुपन्देही प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विहान साढे ९ बजेतिर मोटरसाइकलमा आएको एक अपरिचित मधेसी मूलको व्यक्तिले गोली चलाएर भागेको भन्ने प्रारम्भिक जानकारी रहेको भन्दै घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्याल रुपन्देहीका डिएसपी एवं प्रवक्ता सुरज कार्कीले जनाएका छन् ।

अहिले घाईते युवतीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले प्रहरीलेबताएको छ । युवतीको ढाडमा गोली लागेको प्रहरीले जनाएको छ ।