राप्रपाका अध्यक्ष लिङ्देनसहित तीन नेता पक्राउ


काठमाण्डौ, बैशाख ७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र, संसदीय दलका उपनेता बुद्विमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई कााठमाण्डौमा प्रहरीले नियन्त्रणमा लिएको छ ।
आइतबार काठमा(ण्डौमा प्रर्दशन गर्न लागेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र सहितका तीन जना नेतालाइृ प्रहरीले नियन्त्रणमा लिएको हो ।
काठमाण्ढडौको नयाँ बानेश्वरमा राप्रपाले आयोजना गरेको प्रदर्शनमा सहभागी हुन जानुअघि सिंहरबारस्थित संसदीय दलको कार्यालयबाट लिङ्देनसहितका नेताहरूले प्रदर्शन थालेका थिए ।
गत चैत १५ गतेको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका आफ्ना नेताकार्यकर्ताको रिहाइको माग गर्दै राप्रपाले निषेधित क्षेत्र तोड्ने कार्यक्रम आयोजना गरेको थियो । नेताहरू पक्राउको विरोधमा सामूहिक गिरफ्तारी दिने घोषणा गरेका अध्यक्ष लिङ्देनसहितका नेताहरूले सिंहदरबारभित्रै पम्पलेट प्रदर्शन गरेका थिए ।
प्रहरीको नियन्त्रणमा रहेका अध्यक्ष लिङ्देनले निरङकुस सरकारले आफ्नो व्यवबहार देखाएको बताउंदै हाम्रो शान्तिपूर्ण आन्दोलन नरोकिने बताए ।
























