बुटवलमा भित्राईयो आईचर माजेस्टिक बस

श्यामलाल पोखरेल
बुटवल, बैशाख ८ गते । नयां वर्षको शुभारम्भसंगै बुटवलमा आईचर मजेस्टिक बस ल्याईएको छ । यात्रुलाई गुणस्तरीय सेवा दिने उद्वेश्यले व्यवसायिक रुपले बुटवलमा १२ वटा आईचर मजेस्टिक बस भित्राईएको हो । नयां वर्ष नयां सेवा भन्ने मुल सन्देशका साथ यातायात व्यवसायीले बसमा लगानी गरेका हुन् ।

लामो समयदेखि यातायात क्षेत्रमा लगानी गर्दै आएका यातायात व्यवसायीहरुले नयां र सुविधायुक्त, गुणस्तरीय सेवा दिन सक्ने १२ वटा बसका लागि १२ करोड ६० लाख लगानी गरेका छन् । पश्चिम नेपाल बस व्यवसायी प्रालिमा आबद्व व्यवसायी र प्रालिका सञ्चालकहरुले लगानी गरेका हुन् । एउटा च्यासिस्को मुल्य ५९ लाख ८० हजार परेपनि पूर्णरुपले तयार गरेर सञ्चालनका लागि सडकमा ल्याउंदा एउटा बसको मुल्य १ करोड ५ लाख पर्ने पश्चिम नेपाल बस व्यवसायी प्रालिका सञ्चालक तथा गाडीधनी नारायण भण्डारीले मिसन टुडेलाई जानकारी गराए ।

पश्चिम नेपा बस व्यवसायी प्रालिका सञ्चालक तथा यातायात व्यवसायी नारायण भण्डारीले ३ वटा, प्रालिका अर्का सञ्चालक नारायण घिमिरेले ३ वटा र यातायात व्यवसायी ऋषिराम डुम्रेले ३ वटा, देवराज खनालले २ वटा र मदनप्रताप सिंहले १ वटा च्यासिस खरिद गरेका छन् ।
नयां वर्ष २०८२ को शुभारम्भसंगै बुटवल भित्राईएका यि गाडिहरु आगमी भदौको १५ देखि २० गते भित्र सञ्चालनमा ल्याउने तयारी रहेको प्रालिका सञ्चालक नारायण भण्डारीले जानकारी गराए । भैरहवा– बुटवल हुंदै काठमाण्डौ, कपिलवस्तुको पथ्थरकोट हुदै काठमाण्डौं सञ्चालन गरिने गाड िधनीहरुले बताएका छन् ।

आईचर कम्पनीको अधिकृत बिक्रेता बतास एमए.डब्लु नेपालले च्यासिस् खरिदकर्तालाई बुटवलको दियालो फुडल्याण्डमा कार्यक्रमको आयोजना गरी चापी हस्तान्त्रण गरेको हो । आईचर कम्पनीको अधिकृत बिक्रेता बतास एमए.डब्लु नेपाल मोविलिटी र गुणस्तरमा विश्व बजारमा बिश्वासिलो मानिन्छ ।


च्यासिस् खरिदकर्ताहरुलाई चापी हस्तान्तरण गर्दै आईचर नेपालका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले आईचर मजिस्टेक वाई नामक प्रिमियम बस विश्वासिलो र भरपर्दो भएकाले ढुक्क भएर लगानी गर्न यातायात व्यवसायीहरुलाई आग्रह गरेका छन् । नेपालगञ्जमा ११ वटा बसको चापी हस्तानत्रण गरिएकाले अविश्वास गर्नुपर्ने कुनै कारण छैन, ढुक्कहुनुस आफ्नो व्यवसाय बढाउनुस, नागरिकलाई भरपर्दो गुणस्तरीय सेवा दिनुस तपाईहरुको साथमा हामी छौ उनले भने ।

पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले नागरिकको सेवालाई ध्यानमा राखेर यात्रुबहाक बसहरु सञ्चालन गर्नुपर्ने बताए । उनले यात्रुबहाक बसहरु खरिद गर्नु र सञ्चालन गर्नुमात्रै ठुलो कुरा होइन, यसको उचित व्यवस्थापन तथा सर्भिसमा सम्बन्धित पक्षलाई गम्भीर हुन आग्रह गरे ।

यात्रुको हितलाई केन्द्रमा राखेर सेवा दिनुपर्ने बताउंदै यात्रुको हितमा र व्यवसायीको पक्षमा पश्चिम नेपाल वस व्यवसायी प्रालि सधै तपाईहरुको साथमा रहेको बताउंदै अध्यक्ष खरेलले भने – सञ्चालन र उचित व्यवस्थापनका लागि म सधै साथमा छु ।
पश्चिम नेपाल बस व्यवसायी प्रालिका संचालक नारायण घिमिरेले समयको माग अनुसार आईसर मजिस्टेक प्रिमियम बसमा लगानी गरिएको र यात्रुलाई भरपर्दो गुणस्तरीय सेवा दिने दाबी गरे ।

कम्पनीका बिक्री प्रबन्धक रघुनाथ पौडेलले नयां वर्षको सुरुवातमा नै बुटवलमा कम्पनीले १२ करोड बढी लगानी गरेको बताए । कम्पनीका अर्का प्रबन्धक सन्तोष थापाले आर्थिक मन्दीको समयमा व्यवसायीहरुले गर्नुभएको लगानीप्रति सम्मान गर्दै कम्पनीको तर्फबाट व्यवसायीलाई ढुक्क हुन आग्रह गर्दै आफ्नो कर्ममा लाग्न अनुरोध गरेका छन् ।

बस धनीहरु नारायण भण्डारी, नारायण घिमिरे, ऋषिराम डुम्रे, देवराज खनाल र मदनप्रताप सिंहले यात्रुलाई भरपर्दो र गुणस्तरीय सेवा दिएको वयवहारमा देखाउने सामूहिक प्रतिबद्वता जनाएका छन् ।