सूचना नदिनेलाई कारवाही हुन्छ – प्रमुख आयुक्त आचार्य


श्यामलाल पोखरेल
बुटवल, बैशाख १५ गते । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त डा. सुरेश आचार्यले अहिलेको पत्रकारिता सजिलो पत्रकारिता भएको बताएका छन् । खोजमूलक भन्दा पनि भाषणमूलक पत्रकारिता बढेको बताए ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको आयोजना र नमस्ते लुम्बिनी मिडिया प्रालिको सहकार्यमा सोमबार तिलोत्तममा आयोजित कार्यक्रममा बोल्दै भाषण पत्रकारिताले खोजमूलक पत्रकारिता कमजोर देखिएको बताए । भाषण पत्रकारिता सजिलो पत्रकारिता भएको बताउंदै एकदुई जना नेता बोल्छन्, क्यामरा, मोवाईलले खिच्यो र रेर्कड गर्यो अनी उहांले बताउनुभयो र भन्नुभयो भन्यो समाचार बनायो । नेताका भाषण लेख्न पनि सजिलो, नेताले पनि त्यस्तै मनपराउने गजब र सजिलो पत्रकारितामा हामी लाग्यौ खोजपत्रकाािरता हराउंदै गयो उनले भने ।
समाजलाई सही प्रकारले सुसुचित गर्ने दाचयित्व पत्रकारहरुको भएको उल्लेख गर्दै उनले भने – मर्यादित र जवाफदेही पत्रकारिताका लागि खोजमूलक पत्रकारितामा बढी ध्यान दिन पत्रकारहरुलाइृ सुझाव दिए । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षसमेत रहेका डा. आचार्यले सूचनाको हकको विषयमा बोल्दै भने – सूचनाको हकलाई टेकेर पत्रकारहरुले सूचना मागेर समाचार लेख्नुपर्ने हो, तर त्यस्तो देखिएन ।
उनले सूचनाको हक जनताको पहुंचसम्म पुराउने दायित्व राज्यको भएको बताउंदै सरकारालाई पारदर्शी बनाउने र लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने विषयमा पत्रकारहरुले सही प्रकार समाचार लेख्नुपर्ने बताए ।

राज्य र राज्यका सार्वजनिक निकायहरुले सहज रुपमा सूचना दिन नमान्ने बताउंदै सूचना नदिए काननी प्रकृया अनुसार सूचना माग्नु पर्ने र त्यसो गर्दा पनि सूचना दिन आलटाल गरे राष्ट्रिय सूचना आयोगलाई जानकारी गराउन आग्रह गरे । सार्वजनिक सरोकार राख्ने कार्यालयका सूचना अधिकारी र सूचना अधिकारी नभएका कार्यालयको हकमा कार्यालय प्रमुख सूचना दिन नमाने प्रचलित कानुन अनुसार डण्ड जरिवान गर्न सकिने भएकाले त्यसतर्फ पत्रकारहरुले पत्रकारिताका ऐन, कानुन र सूचनाको हकबारे अध्ययन गर्न आग्रह गरे ।
तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खांणले पत्रकारिता निष्पक्ष र विश्वासिलो हुनुपर्ने बताउंदै मुलुकको परिवर्तनमा पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेकाले अबका दिनमा पनि मुलुक बनाउने विषयमा पत्रकारहरुको भूमिका अहम रहने बताए । पत्रकारितामा नयां पुस्तालाई जोड्नु पर्ने बताउंदै भने – पत्रकार र जनप्रतिनिधि एउटा गाढाका दुई पाङग्रा भएकाले तिलोत्तमा नगर सरकार पत्रकारहरुसंग सहकार्य गरेर काम गर्न तयार रहेको नगर प्रमुख खांणले प्रतिवद्वता जनाए ।
तिलोत्तमा नगरपालिकाकी उपमेयर जागेश्वरी चौधरीले पत्रकारिता विश्वासिलो र मर्यादित हुनुपर्ने बताउंदै पत्रकारितामा पत्रकारहरुले राजनीति घुसाउन नहुने बताइन ।
नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामराज पोखरेलले पत्रकारितामा नयां पुस्ता आउन छाडेको बताउंदै यस विषयमा गम्भीर हुनुपर्नेमा जोड दिए ।
तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासीय अधिकृत नारायण अर्यालले मिडियाले समाजलाई सकरात्मक सन्देश दिनुपर्ने बताउंदै मिडिया र पत्रकारहरुसंग साझेदारी गरेर काम गर्न सकिने बताए ।
नमस्ते लुम्बिनी मिडिया प्रालिका अध्यक्ष चण्डी बस्यालको अध्यक्षता र पत्रकार सन्जु पौडेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।






















