तिलोत्तमालाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त नगर घोषणा गरिदै


श्यामलाल पोखरेल
बुटवल, बैशाख २३ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई आज सहयोगापेक्षी सडक आश्रित मानवमुक्त नगर घोषणा गर्ने गरिने भएको छ । विकासको हिसावले देशकै नमुना नगरपालिका मानिने तिलोत्तमा नगरपालिकालाई आज मंगलबार सहयोगापेक्षी सडकाआश्रित मानवमुक्त नगर घोषणा गरिने भएको छ । तयारी पुरा भएको तिलोत्तमा नगरपालिकाले बताएको छ ।

तिलोत्तमा नगरपालिका र मानवसेवा आश्रमको समन्वयमा तिलोत्तमा नगरपालिकालाई सहयोगापेक्षी सडकाआश्रित मानवमुक्त नगर घोषणा गर्न लागिएको हो । मानवसेवा आश्रमले कोही पनि मानिस बेवारिसे भएर सडकमा जीवन बिताउन नपरोस् भन्ने उद्देश्यले २०८२ सालभित्रै मुलुकलाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नेपाल घोषणा अभियान सञ्चालन गरिरहेको छ ।

सोही कार्यक्रम अनुसार तिलोत्तमा नगरपालिकालाई पनि सहयोगापेक्षी सडक आश्रित मानवमुक्त नेपाल घोषणा गर्न लागिएको हो । तिलोत्तमा नगरपालिकाले सडकाआश्रित मानवमुक्त नगर घोषणा गर्ने उक्त घोषणा कार्यक्रममा सहभागी हुन नगरपालिकाले नगरवासीलाई अपिल गरेको छ । सरकारले केही दिन अघि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा पनि मुलुकलाई सहयोगापेक्षी सडक आश्रितमुक्त नेपाल घोषणा गर्ने कार्यक्रम अघि सारेको छ ।
मुलुकलाई सहयोगापेक्षी सडक आश्रितमुक्त नेपाल घोषणा गर्ने सरकारको कायर्मक्रमलाई पनि आधार मानेर मानवसेवा आश्रमले २०८२ लाई सहयोगापेक्षी सडक आश्रित मानव मुक्त अभियान सञ्चालन गरेको हो । हरेक हिसावले अब्बल मानिने तिलोत्तमा नगरपालिकाले सरसफाई तथा वातावरणीय क्षेत्रमा उल्लेखनीय काम गरेको छ । कुहुने र नकुहिने फोहोर संकलन गर्दै आएको तिलोत्तमाले हरियाली तिलोत्तमा अभियान चलाएर सफलता उन्मुख छ । त्यस्तै सरसफाई, माईडष्विन माई पकेट, सडकमा फ्ी वाईफाईका साथै सडकमा नो हर्न र सूर्तिजन्य पदार्थ विक्री वितरणमा रोक लगाएको तिलोत्तमा नगरपालिकालाई सहयोगापेक्षी सडका आश्रित मानवमुक्त नगर घोषणाले नगरपालिका झनै उत्कृष्ट बन्ने अपेक्षा गरिएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालि यस अघिनै विश्वभरबाट जनसहभागितामा सञ्चालित सरसफाइ तथा हरियाली प्रवद्र्धन अभियानका कारण अन्तर्राष्ट्रिय अवार्डको उत्कृष्ट ४० मा छनोट परिसकेको छ । नगरवासीको सहभागितामा असल अभ्यास गर्दै आएको तिलोत्तमाले विश्वभरका स्थानीय तथा प्रदेश सरकारबीच हुने अवार्ड प्रतियोगितामा उत्कृष्ट स्थान बनाउन सफल भएको छ ।
२०७४ सालदेखि सरसफाई तथा हरियाली प्रवद्र्वन कार्यक्रम सञ्चालन गर्दै आएको तिलोत्तमाले हालसम्म १४० श्रृङखला सम्पन्न गरेको छ । हरेक १५ दिनमा तिलोत्तमाले यस्तो अभियान निरन्तर चलाईरहेको छ । सबै मापदण्ड पुरा गरेर हाम्रो नगरपालिकालाई सहयोगापेक्षी सडकाआश्रित मानवमुक्त नगर घोषणा गन लागिएको नगर प्रमुख रामकृष्ण खांणले बताए । तिलोत्तमा नगरलाई बस्न लायक र हेर्न लायक नगरपालिका बनाउने गरी सबै जनप्रतिनिधि, कर्मचारीहरु दिनरात खटिएको बताउंदै नगर प्रमुख खांणले भने – तिलोत्तमा नगर हरप्रकारले सम्भावित क्षेत्र भएकाले तिलोत्तमाको विकासले समग्र देशको विकासलाई सकरात्मक प्रभाव पार्छ ।
बेसहारा भएर सडकमा बस्ने मानिसलाई अब सडकमा बस्न नदिने गरी तिलोत्तमालाई सहयोगापेक्षी सडकाआश्रित मानवमुक्त नगर घोषणा गर्ने मानवसेवा आश्रमका रामजी अधिकारीले बताए ।






















