रहेनन् प्रदीप नेपाल

बुटवल, बैशाख २३ गते । एमाले नेता प्रदीप नेपालको निधन भएको छ । मंगलबार अपरान्ह निधन भएका नेता प्रदीप नेपालको हिन्दू परम्पराअनुसार अन्तिम दाहा संस्कार स्व. नेपालका भाई समिर नेपालले जानकारी गराएका छन् ।

तत्कालिन एमाले, माओवादी मिलेर बनेको पार्टी विभाजनपछि एमालेको सदस्याता मात्रै रिनो गरेर निष्किृय बसेका स्व. प्रदीप नेपालप्रति आर्यघाटमा अन्तिम संस्कारअघि पार्टीको झण्डा ओढाउने कार्यक्रम नहुने बताईएको छ ।

दाईको इच्छाअनुसार श्रद्धाञ्जली कार्यक्रम नराखिने एमाले नेतासमेत रहेका स्व. प्रदीप नेपालका भाई समिर नेपालले बताए ।