कपिलवस्तुमा एशीएन थाइ फुडसको उद्योग सञ्चालन

बुटवल, बैशाख २५ गते । नेपालकै प्रतिष्ठित प्रालि एशीएन एशीएन थाइ फुडस प्रालिले कपिलवस्तुमा उद्योग सञ्चालन गरेको छ । विरगञ्जमा उद्योग सञ्चालन गर्र्दै आएको एशीएन थाइ फुडस प्रालिले कपिलवस्तु नगरपालिका वडा नम्बर ६ गोबरीमा उद्योग सञ्चालन गरेको हो ।

प्रालिले दोस्रो शाखाको रुपमा कपिलवस्तुमा उद्योग सञ्चालन गरेको हो । तत्काल ४० करोड लगानीमा उद्योग सञ्चालनमा आएको र थप २० करोड लगानी बढाएर ६० करोड लगामा पूर्णरुपमा उद्योग सञ्चालन हुने प्रालिका बजार प्रवन्द्र्वक दिपक बास्तोलाले जानकारी गराए ।
अत्याधुनिक प्रविधिको प्रयोग गरी ४२ कठ क्षेत्रफलको जमिनमा सञ्चालन गरिएको उद्योगबाट प्रिती टु पिएम, रमपम लगायतका चाउचाउ उत्पादन गरिने उद्योक सञ्चालक महेशकुमार जाजुले बताए ।

पश्चिम नेपाललाई तारगेट गरेर उद्योग सञ्चालन गरिएको र अब यो क्षेत्रबाट सबै उत्पादन सहज र सहुलीयत मुल्यमा सेवा प्रवाह गर्ने उनले बताए । वाइवाइ चाउचाउपछि चाउचाउ उत्पादन गर्ने दोस्रो ठूलो उद्योग हाम्रो हो भन्दै उनले भने – अब हामी सबै भन्दा अगाडी जाने गरी उत्पादन गछौं ।
सञ्चालक महेशकुमार जाजुका अनुसार एशीएन थाइफुड प्रालिले सञ्चालन गरेको उद्योगबाट उत्पादन भएका चाउचाउ ३० भन्दा बढी देशमा निर्यात हुने गर्दछ ।


दैनिक १८ हजार काटुन चाउचाउ उत्पादन गर्ने उद्योगले २ सय ५० जनलाई राजेगार दिने भएको छ। २०५७ साल फागुनमा विरगञ्जबाट एशीएन थाइफुड प्रालिले चाउचाउ उत्पादन गर्न शुरु गरेको हो ।