बुद्धका उपदेशलाई आत्मसाथ गरौ – प्रधानमन्त्री

बुटवल, बैशाख २९ गते । लुम्बिनीमा सोमबार आज २५६९ औं बुद्ध जयन्ती मनाइृएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाईने बुद्ध जयन्ती समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुयोजनालाई सकेसम्म छिटो सम्पन्न सरकारले जोड दिएको बताए ।

म सबैलाई निवेदन गर्न चाहन्छु भन्दै प्रधानमन्त्री ओलीले भने –यस पटक अनुवादको पनि व्यवस्था, अगाडि बस्नेले पनि सुन्नुु हुन्न, धेरै नेपाली भाषीहरु अगाडि हुनुहुन्छ । अरु भाषाका साथीहरुलाई अनुवादको सुविधा छैन । अर्को वर्ष अनुवादको सुविधा आदि सबै प्रबन्ध गर्नु पर्ने मलाई लागेको छ र त्यो प्रबन्ध हुनेछ ।

प्रधानमन्त्री ओलीले बुद्धका उपदेश विश्वका लागि महत्वपूर्ण रहेको बताउंदै बुद्धका उपदेश सबैले आत्मसाथ गर्नुर्पेमा जोड दिए ।
उनले केही दिन अगाडि छिमेकी देश भारत र पाकितानवीच अलिअलि हातहालालको भएको बताउंदै हामिले त्यो अवस्था रोक्न आग्रह गरेका थियौ ।

हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भन्ने हामीले कामना गरेका थियौ तयस्तै भएको प्रधानमन्त्री ओलीले बताए ।
आज मासड्रिस्टक्सनका हतियारहरुको निर्माण भएको छ, यो मानव अस्तित्व र धर्तीको अस्तित्वका लागि बहुत खतरनाक चिज हो भने । यस खतरनाक चिजबाट उन्मुक्तिका लागि हामी फेरि पनि विश्व शान्तिको पक्षमा रहनु पर्ने र काम गर्नुपर्ने प्रधानमनत्री ओलीको भनाइ छ ।